मकल बालेर सुतेका आमाछाेराकै मृत्यु

काठमाडौं ।  काठमाडौंको कीर्तिपुरमा मकल बालेर सुतेका आमाछोराको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका–८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनका दुई महिने छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिए।

उनले भने ‘अहिले हामी अनुसन्धानमै छौं, अक्सिजन अभावका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।’  यद्यपी मृत्युको वास्तविक कारण पत्ता लगाउन घटनास्थलमा चिकित्सकको टोली पुगेको छ।  राति मकल बालेर सुतेका आमाछोरा नउठेपछि श्रीमान नवराज रञ्जितकारले  श्रीमतीलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री