१४ वटै अञ्चलको प्रमुख शहरहरुमा डिस होमको सर्भिस सेन्टर स्थापना

काठमाडौं ।  बिक्री पछिको बिक्री सेवा चुस्त दुरुस्त बनाउनका लागी डिस होमले देशका १४ वटै अञ्चलको प्रमुख शहरहरुमा आफ्नो सर्भिस सेन्टरको स्थापना गरेको छ ।

एक पटकमा कुनै सामान ग्राहकलाई बिक्री गरीसकेपछि उक्त ग्राहकलाई रोकी राख्न तथा नियमीत रुपमा सेवा सुलभ तरिकाले पुर्ति गराउन कम्पनीको महत्वपूर्ण जिम्मेवारी हुन्छ र त्यही जिम्मेवारीलाई ध्यानमा राख्दै डिस होमले आफ्नो बिक्री पछिको सेवा सहज ढंगले ग्राहक समक्ष पुर्याउन देशको १४ वटै अञ्चलका प्रमुख शहरहरुमा आफ्नो सर्भिस सेन्टरको स्थापना गरेको छ ।त्यस्तै ग्रामीण क्षेत्रहरुमा पनि सेवा दिनका लागि सर्भिस सेवा प्रदायक स्थापना गरेको छ , जसले अनसाइट र अफसाईट दुबै सेवा प्रदान गर्दछ ।

डिस होमको एन्टेनामा कुनै गढबडी भएमा अनसाइट गुनासो गर्न सकिन्छ भने सेटअप बक्समा कुनै गढबडी भए वा सेटबक्स प्रतिस्थापन गर्नुपरे वा अरु कुनै किसीमका ग्राहकहरुको गुनासो भए अफसाइट गुनासो गर्न मिल्ने डिस होम सेन्टर जनकपुरका हार्डवेयर प्राबिधिक सन्तोष साहले जानकारी दिएका छन् ।

साहका अनुसार ग्राहकले आफ्नो चाहना अनुसार आफु संग भएको एरीओन, एसडि, एचडि सेटअप बक्सहरु एचडी वा हाईब्रिड सेटअप बक्स संग तुरुन्तै प्रतिस्थापन गर्न सक्दछन् ।

त्यस्तै कम्पनीको निती अनुसार एन्टेनामा समस्या आएमा गुनासो गरेको २४ घण्टा भित्र डिस होमको आधिकारीक प्राविधिक ग्राहकको घरमै पठाएर समस्या समाधान गरीने डिस होम सेन्टर जनकपुरका एक कर्मचारी शिवराम मण्डलले जनाएका छन् ।

मण्डलका अनुसार कम्पनिको निती नै गुणस्तरीय सेवा प्रदान गर्ने भएकाले हामी ग्राहकको सन्तुष्टीलाई ध्यानमा राखेर काम गरीरहेका छौ ।

उनले थप्दै भने हामी अहिले जनकपुर अञ्चलका सबै जिल्लाहरुमा हाम्रा आधिकारीक सेवा प्रदायक मार्फत सेवा प्रदान गर्दै आईरहेका छौ र ग्राहकहरुलाई कुनै किसीमको समस्या पर्दा नजिकको सेवा प्रदायक संग सम्पर्क गर्न सक्दछन् ।

एनालग प्रणालीमा सञ्चालीत केबल नेटवर्कहरुको विकल्पमा डिसहोम अगाडि आएको छ ।

एनालग प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न केबल कम्पनीहरुलाई सुचना तथा सञ्चार मन्त्रालयले निर्देशन दिएपछि विकल्पको रुपमा डिसहोम स्थापित भएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस