युरोकपका लागि छानिए इंग्ल्याण्ड, फ्रान्स, टर्की र चेक गणतन्त्र

काठमाडौं । इंग्ल्याण्ड, फ्रान्स, टर्की र चेक गणतन्त्र अर्को वर्ष हुने युरोकप फुटबलका लागि छनौट भएका छन् । गएराति भएका छनौट चरणका खेलहरु जित्दै यी चार टोलीले युरोकपका लागि टिकट पक्का गरेका हुन् ।

समुह ‘ए’ को खेलमा इंग्ल्याण्डले मोन्टेनेग्रोलाई ७–० ले हरायो । इंग्लीश टोलीको जितमा ह्यारी केनले तिन गोल गर्दा ट्यामी अब्राहम, मार्कस रास्फोर्ड र अलेक्स अक्सलेड चेम्बरलीनले एक एक गोल थपवे ।

मोन्टेनेग्रोका अलेक्जेण्डर सोफ्रानाकले एक आत्माघाति गोल गरे । यही समूहको अर्को खेलमा कोसोभोलाई २–१ ले हराउँदै चेक गणतन्त्र पनि युरोकपमा छानियो ।

उता समूह ‘एच’ को खेलमा माल्दोभालाई २–१ ले हराउँदै फ्रान्स तथा आइसल्याण्डसँग गोलरहित बराबरी खेल्दै टर्की युरोकपमा छानिएका छन् । युरोकप छनौटकै अर्को खेलमा पोर्चुगलले लिथुआनियालाई ६–० ले हरायो । उसका लागि क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरे ।

यो सँगै रोनाल्डोले पोर्चुगलका लागि गरेको गोल संख्या ९८ पु¥याएका छन् । -एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस