चितवनमा दुर्घटना, एक जनाको मृत्यु

चितवन । बोलेरो र मोटरसाइकल आपसमा ठोक्किदा चितवनमा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका ६ का ३० वर्षीय रोसन सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १० च ४४१३ नम्बरको बोलेरो र विपरित दिशाबाट गइरहेको बा ६६ प २९६५ नम्बरको मोटरसाइकल इच्छाकामना गाउपालिका ६ जलविरेमा ठोक्किएको थियो।

बिहीवार बिहान साढे २ बजे भएको दुर्घट्नाबाट गम्भिर घाइते सापकोटाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा विहान ३ः १८ बजे मृत्यु भएको प्रहरी प्रवक्ता एक नारायण कोइरालाले बताए।  मृतक सापकोटा मोटरसाइकलका चालक भएको प्रहरीले जनाएको छ। बोलेरो र चालक प्रहरी नियन्त्रणमा रहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न सबै स्थानीय तहलाई परिपत्र (आदेशसहित)

काठमाडौं । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले …

प्रतिकृया दिनुहॊस