वैदेशिक प्रशिक्षणमा गएको महिला भलिबल टोली आज स्वदेश फर्कँदै

काठमाडाैँ । वैदेशिक प्रशिक्षणमा गएको नेपाली महिला भलिबल टिम साेमबार स्वदेश फिर्ता हुने भएको छ । नेपाली टिम साँझ सात बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने प्रशिक्षक जगदीश भट्टले जानकारी दिए ।

आसन्न १३ औं दक्षिण एसियाली खेलकुद साग र बंगलादेशको ढाकामा हुन लागेको एभीसी सेन्ट्रल जोन वुमन्स सिनियर भलिबलको तयारीका लागि नेपाली टिम थाइल्याण्डको बैंकक गएको थियो । बैंकक बसाईका क्रममा नेपाली महिला टिमले सात वटा टिमसँग अभ्यास खेले खेलेको थियो । नेपाल चार खेलमा विजयी भयो भने तीन खेलमा पराजित भएको थियो ।

नेपाली टिम आउँदो बिहीबार एभीसी सेन्ट्रल जोन खेल्न बंगलादेश जाने छ । प्रतियोगिता शनिबारदेखि सुरु हुँदै छ । थाइल्याण्डमा  पहिलो खेलमा युनिभर्सिटी टिमलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

त्यसपछि दोस्रो खेलमा पनि नेपाली टिम विजयी भएको थियो । नेपाली टिमले दोस्रो खेलमा बैंकक युनिर्भसिटीलाई पनि ३–१ को सेटमा पाखा लगाएको थियो । तेस्रो खेलमा थाइल्याण्डको यू २३ सँग भिडेको नेपाली टिम उक्त खेलमा भने पराजित भएको थियो । यू–२३ सँग ३–० को सेटमा स्तब्ध बनेको थियो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वकप खेल्ने नेपाली टोली घोषणा, को-को परे टिममा ?

काठमाडौं । नेपालले वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ …

प्रतिकृया दिनुहॊस