नेपाली फुटवल किशोरी भारतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । भुटानमा आयोजना हुने महिला साफ १५ वर्षमुनीको च्याम्पियनसिपमा बुधबार नेपाल र भारतबीच प्रतिष्पर्धा हुँदैछ । असोज २४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीले त्यसको दुई दिनपछि असोज २६ गते आयोजक टोलीको सामना गर्नेछ ।

फाइनल असोज २८ गते हुनेछ । बुधबारदेखि असोज २८ गतेसम्म सन्चालन हुने प्रतियोगिताको लागि नेपाली टोली हिजो भुटान प्रस्थान गरेको थियो । सात दिनसम्म चल्ने प्रतियोगितामा ४ देशको सहभागिता रहेको छ ।

नेपाल, आयोजक भुटान, बंगलादेश र भारतले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस