सर्लाहीमा जंगली च्याउ खाएर एकै परिवारका १२ जना बिरामी

सर्लाही । ईश्वरपुर नगरपालिका– ११ भलुवाईमा जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी परेका छन् । आइबार दिउँसो जंगलबाट ल्याएको च्याउ पकार खाएपछि उनीहरु बिरामी परेका हुन् ।

बिरामी पर्नेमा ६० वर्षीय बृजकुमार माझी, उनकी श्रीमती ५५ वर्षीया राजकुमारी, छोराहरु ३२ वर्षीय पल्टु, ३१ वर्षीय बिल्टु र बुहारीहरु २८ वर्षीया सविता, २७ वर्षीया अञ्जुदेवी, नातिनीहरु ६ वर्षकी रिन्कु, ५ वर्षकी प्रियंका, ३ वर्षकी मेनुका, नातिहरु ४ वर्षका अविनाश, २ वर्षका विकास र १० वर्षका अमित रहेका छन् ।

आइतबार राति परिवारका सदस्य सबै जनालाई रिङ्गाटा लाग्ने, बान्ता हुने भएपछि अमृत हेल्थ केयर बयलबासमा सामान्य उपचार गरी थप उपचारको लगि जनकपुर पठाइएको छ । बिरामीमध्ये दुवै जना बुहारीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न सबै स्थानीय तहलाई परिपत्र (आदेशसहित)

काठमाडौं । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले …

प्रतिकृया दिनुहॊस