नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स एण्ड एजेन्सी फ्यालिसिटेशन प्रोग्राम २०७६’ भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले यही भदौ २१ देखि २४ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रम एजेन्ट, एजेन्सी म्यानेजर, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्ति तथा कर्मचारीलाई नगदसहित पुरस्कृत गर्दै सम्पन्न भएको हो ।

बाजागाजाका साथ शुरू गरिएको कार्यक्रममा आगामी दिनका लागि कम्पनीको योजना निर्माण गरिनुका साथै विभिन्न प्रेरणादायी र मनोरन्जनात्मक कार्यक्रम पनि सञ्चालन गरिएको थियो । देशभरिका एजेन्ट, एजेन्सी म्यानेजर, क्षेत्रीय कार्यालय, शाखा कार्यालय, उपशाखा कार्यालयलगायतका कर्मचारीहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा एजेन्टतर्फ ५० र एजेन्सी म्यानेजरतर्फ ५० जनालाई नगदसहित पुरस्कृत गरिएको थियो । त्यसैगरी कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने आफ्ना कर्मचारीहरूलाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा एजेन्सी म्यानेजरतर्फको ‘एजेन्सी म्यानेजर अफ इयर’ अवार्डका लागि पहिलो हुने बिर्तामोड शाखाकी निर्मला खत्रीले ३ लाख ३३ हजार नगदसहित सम्मान–पत्र, दोस्रो हुने नयाँ बानेश्वर शाखाकी दुर्गाकुमारी खत्रीले १ लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो हुने बिर्तामोड शाखाकै वेदनारायण गोदारले १ लाख नगदसहित सम्मान–पत्र हात पार्न सफल भएका छन् ।

त्यस्तै, एजेन्टतर्फको ‘एजेन्ट अफ द इयर’ अवार्डका लागि पहिलो हुने नयाँ बानेश्वर शाखाका अच्युत पौडेलले ३ लाख ३३ हजार नगदसहित सम्मान–पत्र, दोस्रो हुने बिर्तामोड शाखाकी प्रमिला बस्नेतले १ लाख ८० हजार नगदसहित सम्मान–पत्र र तेस्रो हुने बूढानीलकण्ठ शाखाका नैनबहादुर खत्रीले १ लाख नगदसहित सम्मान–पत्र हात पार्न सफल भएका छन् ।

 

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस