‘दिल चोर्ने माकुरी’ सार्वजनिक (भिडियाे)

काठमाडौं । गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘दिल चोर्ने माकुरी’(मखमली चोली २) बोलको गीत सार्वजनिक गरिएको हो। मखमली चोलीको सफलतापछि उक्त टिमले मखमली चोली २ तयार गरेको हो।

गीतमा सुमन केसी र मेलिना राईले स्वर दिएका छन्। शान थापाको निर्देशनमा बनेको यस गीतको भिडियोमा पल शाह र एलिशा राई फिचरिङ छन्। निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा पल र एलिशाको केमेष्ट्रि निकै सुहाएको देखिन्छ। राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोमा सुरेश काफ्लेले ड्रेन उडाएका छन्।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस