राष्ट्रिय प्रसारण लाइनमा जोडियो दैलेखको नौमुले

दैलेख । स्थानीय सरकार सञ्चालन भएको दुई वर्षपछि नौमुले गाउँपालिका नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । बत्तीका लागि उपभोक्ताको माग सङ्कलन गर्दा एकै दिनमा १५० उपभोक्ताले बत्ती माग गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको जिल्लास्थित कार्यालयमा ५० वटा मात्र मिटर भएकाले थप मिटरका लागि क्षेत्रीय कार्यालयमा माग गरिएको निमित्त कार्यालय प्रमुख पूर्ण खत्रीले जानकारी दिए ।

तत्काल गाउँपालिका केन्द्र रहेको आसपास करीब ३०० उपभोक्ताले बत्ती बाल्ने अवसर प्राप्त गर्ने गरी तयारी थालिएको नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए । हामीले तत्काल मिटर उपलब्ध गराइदिन जिल्लामा खबर गरिसकेका छौँ, दशैँ अगाडि नै उपभोक्ताको घरमा बत्ती बाल्न गाउँपालिकाले पनि सकेसम्म सहयोग गर्ने अध्यक्ष बुढामगरको भनाइ छ ।

नौमुले गाउँपालिकाभित्र चार जलविद्युत् आयोजना निर्माणको क्रममा छन् । द्धारीखोला जलविद्युत् आयोजनाले विगत दुई वर्षदेखि नौमुलेबाट विद्युत् उत्पादन शुरु गरेर दैलेख र सुर्खेतका बासिन्दालाई विद्युत् सेवा आपुर्ति गरेको भए पनि नौमुले आफै बत्तीमुनिको अँध्यारोमा रहेको छ । गाउँपालिकाको सदरमुकाम नौमुले बजारमा बत्ती बलेपछि पालिकाको दैनिक काममा समेत सजिलो हुने भएको छ । सोलारबाट कामकाज चलाउँदै आएको गाउँपालिकाका काममा सहजता हुने नौमुले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका यी स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौं । काठमाडौँका विभिन्न स्थानमा भोलिबाट विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् …

प्रतिकृया दिनुहॊस