घर घरमै धाराको पानी आएपछि खुशी

धादिङ । धादिङको एउटा गाउँमा खानेपानीको समस्या समाधान भएपछि स्थानीय निकै खुशी भएका छन् । घर घरमै धारा आएपछि स्थानीय खुशी मात्रै भएका छैनन्, गाउँको मुहारै फेरिएको छ । धादिङको गंगाजमुना गाउँपालिका वडा नं. २ रि तावलका सुनमाया विकलाई घरमा धारा आउला र धारामा पानी आउला भन्ने कहिल्यै लागेको थिएन । तर नसोंचेको कुरा भयो र सुनमायाले घरकै धारामा पानी थापे । सुनमाया खुशीले गद्गद् छन् । विकले भने, ‘पहिला त घण्टौं हिडेर पानी लिन टाढा पुग्नुपथ्र्यो अहिले र घरमै धारा छ जतिबेला थापेपनि भयो, सजिलो छ ।’ सुनमाया जस्तै गाउँका ३ सय ३० परिवारले घर घरमै धारा पाएका छन् । अनि धारामा पानी । खानेपानीको जोहोमा दिनरात खट्नु पर्ने तावलबासीको दुःख अहिले हटेको स्थानीय मैखुमायाँ तामाङ बताउँछन् । खानेपानीको सुविधा भएपछि घाँस दाउरा, मेलापात, कृषि कर्म गर्नेहरुलाई धेरै सुविस्ता भएको छ ।

गाउँमै बसेर ज्याला मजदुरी र व्यवसाय गर्नेलाई पनि सजिलो भएको रि तावलका प्रेमकुमारी तामाङको भनाइ छ । तामाङले भने, ‘म टेलर्स चलाउँछु, पानी लिन जाने समय अहिले काममा लगाउन पाएको छु । धेरै सजिलो भएको छ ।’ सरकारले एक घर एक धारा अवधारणा ल्याएको छ । सोही अनुसार तावलबासीले घरघरमा धारा पाएका छन् । नागरिकका मागलाई सम्बोधन गर्दै खानेपानी आयोजना सम्पन्न भएकोमा गंगाजमुना गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष फैसिङ तामाङ पनि खुशी छन् । नागरिकका माग र सबै आवश्यकता सरकारले पूरा गर्न सकेको छैन । विकासको क्षेत्रमा सरकारलाई सहयोग गर्दै रि तावल गाउँमा खानेपानी व्यवस्था गरिएको हिम्स नेपालका कार्यकारी निर्देशक शिलाश तामाङले बताए । खानेपानीको समस्या समाधान भएसँगै रि तावलका नागरिक व्यवसायिक तरकारी खेतिमा लाग्ने योजना बुनिरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल …

प्रतिकृया दिनुहॊस