प्रदेश–३ मा सवारी दुर्घटनामा परी ४ सय ७९ को मृत्यु

काभ्रेपलाञ्चोक । प्रदेश ३ मा सवारी दुर्घटनामा परी एक वर्षको अवधिमा ४ सय ७९ जनाको मृत्यु भएको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार वर्षेनी सवारी दुर्घटनासँगै मृतकको संख्या बढ्दै गएको छ ।

प्रदेश प्रहरी प्रमुख शेरबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा प्रदेशभित्र सवारी दुर्घटनामा परी ४ सय ७७ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा ४ सय ७० जनाको मृत्यु भएको देखिएको छ ।

गएको ३ आर्थिक वर्षको अवधिमा २ हजार १ सय ८ वटा सवारी दुर्घटना भएको प्रदेश कार्यालयले जनाएको छ । यस अवधिमा सवारी दुर्घटनामा परी ४ हजार ६ सय जना घाइते भएका प्रहरी नायव महानिरीक्षक बस्नेतले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई सीके राउतको आग्रह- ८४ मा एक्लै दुईतिहाइ ल्याउँछु भन्ने दिन गए, आउनुस् सँगै आन्दोलन गरौं

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम-२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै …

प्रतिकृया दिनुहॊस