काठमाडौं । हिमालयन बैंकले नाफा ५२ प्रतिशत बढेको छ । बैंकले गत आ.व.मा २ अर्ब ८४ करोड नाफा आर्जन गरेको छ । बैंक अघिल्लो आव २०७४÷७५ मा १ अर्ब ८७ करोड नाफा कमाएको थियो । बैंकले गत आ.व.मा २ अर्ब २ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएको छ ।
बैंकले गत आ.व.मा ५ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
त्यस्तै संचालन मुनाफा ४ अर्ब २ करोड रुपैयाँ रहेको छ भने ८ अर्ब ५२ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ५ अर्ब ३२ करोड रुपैंयाँ रहेको छ । बैंकले यो अवधिमा १ खर्ब ९ अर्ब निक्षेप संकलन गरेर ९२ अर्ब कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १.१२ प्रतिशत, सीडी रेसियो पनि ७५.५९ प्रतिशत, ब्याजदर ९.०५ प्रतिशत छ ।
त्यस्तै, कस्ट अफ फण्ड ६.५५ प्रतिशत,स्प्रेड दर ४.४७ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी ३३.४१ रुपैंयाँ छ । बैंकको प्रतिसेयर नेटवर्थ १८८.७६ रुपैंयाँ रहेको छ ।



