लक्ष्मी बैंकको नाफा ३३ प्रतिशतले बढ्यो

काठमाडौँ । लक्ष्मी बैंकको अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले नाफा बढेको छ । आफ्नो चौथो त्रैमासिकको प्रगति प्रतिवेदन प्रकाशन गर्दे बैंकले आर्थिक वर्ष २०७५र७६ मा १ अर्ब ५७ करोड ६० लाख खुद नाफा गरेको जनाएको छ । बैंकले अगिल्लो वर्षको सोही अवधिको नाफा १ अर्ब १८ करोड १० थियो ।

यो अवधिमा ७९ अर्ब ७४ करोड निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ७५ अर्ब २२ करोड रहेको छ । अगिल्लो वर्ष बैंकले ५९ अर्ब ८३ करोडको कर्जा लगानी गरेको थियो भने ६५ अर्ब ५६ करोड निक्षेप संकलन गरेको थियो ।

बैंकको ब्याज आम्दानी ३ अर्ब ४ कारोड गरेको छ, अघिल्लो वर्षको सोहि अवधिमा ब्याज आम्दानी २ अर्ब ३३ करोड थियो । त्यस्तै बैंकको कर्जा र बचतको अनुपात ७७।१३, प्रतिशेयर आम्दानी अनुपात १७।६७, तथा प्रतिशेयर नेटवर्थ १४१।६७ रुपैया छ । बैंकको कर्जा निक्षेप अनुपात ७७।०७ बाट बढाएर ७७।१३ प्रतिशत बनाएको छ । बैंकले खराव कर्जा दर १।२९ बाट १।११ प्रतिशत बनाएको छ ।

बैंकको आधार ब्याजदर १०।१३ प्रतिशत, कोषको लागत ७।०१ प्रतिशत छ भने बचत र लगानी बीचको ब्याजदर अन्तर ४।१३ बाट ४।३७ बनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस