अपर तामाकोशीको स्थगित एजीएम अब असार ३१ मा बस्ने

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले स्थगित भएको वार्षिक साधारण सभा अब असार ३१ गते गर्ने भएको छ । यसअघि गणपूरक संख्या नपुगेपछि असार ११ गते बोलाइएको सभा स्थगित भएको थियो । साधारण सभामार्फत सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन हुनेछ ।
सभा राष्ट्रिय सभा गृह, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । अपर तामाकोशी हाइड्रोपावरले साधारण सभा प्रयोजनका लागि जेठ २१ गतेदेखि असार ११ गतेसम्म बुक क्लोज गरिसकेको छ । जेठ २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
सभामा सञ्चालक समितिका अध्यक्षले आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफा नोक्सान हिसाबकिताबका सम्बन्धमा छलफल गरी पारित गर्ने लागायतका एजेन्डा राखिएका छन्। यस्तै, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने प्रस्ताव पनि छ । तामाकोशीले आइपीओ जारी गरेपछि पहिलो पटक एजीएम बोलाएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस