जुम्लामा बन्ने भयो चुकेनी जलविद्युत् आयोजना

जुम्ला । पातारासी गाउँपालिका १ मा रहेको चुकेनी खोलामा  करिब एक मेगावाट क्षमताको जलविद्युत् आयोजना बन्ने भएको छ। वैकल्पिक ऊर्जा र  गाउँपालिका र स्थानीयबासिन्दाको लगानीमा सुरु भएको आयोजनाको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बिहीबार शिलान्यास गरेका हुन्।

चुकेनी सहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर बुढाले पातारासी गाउँपालिका –१ गढीगाउँमा निर्माण हुने ९९८ किलोवाटको आयोजनाका लागि वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको २८ करोड, स्थानीयको शेयर २ करोड ५० लाख, गाउँपालिकाको एक करोड र प्रदेश सरकारको १ करोड रुपैयाँ गरी ४६ करोड रुपैयाँमा आयोजना निर्माण हुन लागेको उनले जानकारी दिए ।

निर्माणको जिम्मेवारी भने फेवा कन्सल्टेन्स बुटवलले पाएको छ। १८ महिनामा काम सकिने गरी निर्माण सुरु गरिने वैकल्पिक ऊर्जा, नवीकरणीय उर्जाका लागि जिविकोपार्जनका फिल्ड संयोजक पृथ्वी शाहीले बताए  ।

गाउँपालिकाले चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाटको सो आयोजनामा  सबै घरधुरीको नाममा शेयर लगानी गरेको  प्रमुख प्रसासकिय अधिकृत टेक बहादुर बुढथापाले बताए। यहाँका तीन हजार ३ सय २० घरधुरीको नाममा सो आयोजनाको सेयर रहने उनले जानकारी दिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस