लक्ष्मी बैंकको नाफा एक अर्ब नाघ्यो

काठमाडौं । लक्ष्मी बैंकले स्थापना कालदेखि नै आमजनतालाई बैंकिङ सेवा दिँदै आएको छ । यस बैंकको स्थापना सन् २००२, अप्रिलमा भएको हो । बैंकको ५१ प्रतिशत प्रमोटरको लगानी भएको छ भने ४९ प्रतिशत सर्वसाधारणको सेयर रहेको छ । यसका मुख्य लगानीकर्ताहरूमा लक्ष्मी कर्पाेरेट नेपालको १४ दशमलव २६ प्रतिशत, सारिका खेतानको ९ दशमलव ८९ प्रतिशत, सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको ८ दशमलव ६८ प्रतिशत, स्नेहा खेतानको ५ दशमलव ६० प्रतिशत, राजेन्द्रकुमार खेतानको ५ दशमलव ११ प्रतिशत र रत्नलाल संघाईको ५ दशमलव १० प्रतिशत सेयर रहेको छ । यस बैंकको नाफा १ अर्ब नाघेको छ । बैंकले चालू आर्थिक वर्षको चैत महिनासम्म १ अर्ब २ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा कामएको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकले गत वर्षको तुलनाभन्दा १६ करोडले बढी नाफा कमाएको छ । बैंकले चैत मसान्तसम्म ७८ अर्ब ६६ करोड निक्षेप संकलन गरेको छ भने ७३ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी १६३ करोडबाट २१९ करोड, गैरब्याज आम्दानी ३५ करोडबाट ४४ करोड पुगेको छ । बैंकले कर्मचारी खर्च ५२ करोडबाट ७० करोड पु¥याएको छ भने सञ्चालन खर्च ३१ करोडबाट ४४ करोड रुपैयाँ पुगेको बैंकको वित्तीय विवरणले देखाएको छ । बैंकको कस्ट अफ फन्ड ७ दशमवल ७३ बाट घटेर ७ दशमलव ३२ प्रतिशत पुगेको छ ।  त्यस्तै, आधार ब्याजदर ११ दशमलव ३५ प्रतिशतबाट घटेर १० दशमलव २६ प्रतिशतमा पुगेको छ । बैंकको स्प्रेडदर ३ दशमलव ६१ प्रतिशतबाट बढेर ४ दशमलव १९ प्रतिशत पुगेको देखिएको छ ।

त्यसैगरी, पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता)को अभाव भएका कारण बैंकहरूले धमाधम ऋणपत्र निष्कासन गरिरहेका छन् । त्यसै सन्दर्भमा लक्ष्मी बैंकले पनि लगानीको थप रकम जुटाउन ऋणपत्र निष्कासन गरेको छ । बैंकले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गरेकोे छ । बैंकले प्रतिएकाइ १ हजार रुपैयाँको दरमा २० लाख एकाइ ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसमध्ये ८ लाख एकाइ सर्वसाधारणका लागि खुला हुने बैंकले जनाएको छ । बाँकी १२ लाख एकाइ बैंकले अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बैंकले यस ऋणपत्रमा वार्षिक १० दशमलव ५ प्रतिशत  ब्याजदर दिने भएको छ । बैंकले १० वर्ष अवधिको ‘१०५ लक्ष्मी बैंक डिबेन्चर २०८६’ नामको  ऋणपत्र ल्याउन  लागेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस