विश्वकपमा लगातार वर्षा बाधक, आज पाकिस्तान–अष्ट्रेलिया भिड्ने

काठमाडाैँ । विश्वकप एकदिवसीय क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तान भिड्ने भएछन्। साबिक विजेता अस्ट्रेलिया जारी प्रतियोगितामा चार खेलमा तेस्रो जितको खोजीमा छ। तीन खेलेको अस्ट्रेलियाले २ खेल जितेको छ भने अघिल्लो खेलमा भारतसँग पराजित भएको छ।

पाकिस्तानले भने २ खेल खेलेकोमा एकमा पराजित र एक खेलमा जीत हासिल गरेको छ। पहिलो खेलमा वेष्ट इन्डिजसँग हारेको पाकिस्तिानले दोस्रो खेलमा इङ्ल्यान्डलाई हराएको थियो। श्रीलंकाविरुद्धको तेस्रो खेल भने वर्षाले अवरुद्ध भएपछि दुबै टोलीले अंक बाँडेका थिए। विश्वकप क्रिकेटको जारी १२ औं संस्करणका खेल वर्षाले प्रभावित भएका छन्।

लगातार २ दिन सम्म खेल वर्षाले प्रभावित भएका छन्।  मंगलबार श्रीलंका र बंगलादेशबीच टससमेत हुन नसकेपछि खेल रद्द भयो। यसअघि श्रीलंका र पाकिस्तान तथा दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल पनि रद्द भएको थियो। त्यस्तै श्रीलंका र पाकिस्तान तथा दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल पनि रद्द भएको थियो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वकप खेल्ने नेपाली टोली घोषणा, को-को परे टिममा ?

काठमाडौं । नेपालले वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ …

प्रतिकृया दिनुहॊस