पञ्चकोटमा केबलकार बन्ने

बागलुङ । बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रूपमा विकास भइसकेको सर्वसिद्धिधाम पञ्चकोटसम्म जाने केबलकार निर्माणका लागि प्रारम्भिक अध्ययन शुरू गरिएको छ ।

बागलुङ नगरपालिका–४ को ओडारचौरदेखि नगरपालिकाको वडा नं ६ स्थित पञ्चकोटसम्म केबलकार निर्माणका लागि प्रारम्भिक अध्ययन शुरू गरिएको हो ।

चीनको एक केवलकार कम्पनीका प्राविधिकले बागलुङ नगरपालिकाका पदाधिकारीसँग छलफल गरेर काम थालनी गर्न प्रस्ताव गरेका छन् । नेपाल सरकारले पञ्चकोटलाई १०० पर्यटकीयस्थलको सूचीमा राखेपछि दैनिक पञ्चकोटमा सयौं धार्मिक पर्यटक आउने गरेका छन् । पञ्चकोटको प्रचारप्रसारका कारण मुक्तिनाथ जाने तीर्थालुसमेत बागलुङको पञ्चकोट आउन थालेका हुन् । केबलकार निर्माण भएपछि बागलुङमा पर्यटकको सङ्ख्यामा तेब्बरले वृद्धि हुने अपेक्ष गरिएको छ ।

पञ्चकोटमा हाल निर्माण भइसकेका कलाकौशलले भरिपूर्ण, गरुड शिला, सिसमहललगायतका संरचनाले पर्यटकलाई आकर्षित गरेको पाएपछि बागलुङ नगरपालिकाले केबलकारको प्रस्ताव गरेको हो ।

वार्षिक एकलाख पर्यटक भित्र्याउने लक्ष्यका साथ पञ्चकोटमा बनाइने भनिएको संसारकै अग्लो विश्व शान्ति कलश र अन्य संरचना निर्माणपछि पर्यटकलाई आकर्षित गर्न केबलकारको प्रस्ताव ल्याइएको हो । पञ्चकोटमा हाल भारतीय पर्यटकको आर्कषण छ । केबलकार निर्माण गर्दा बागलुङको पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पुग्ने देखेर प्रस्ताव गरिएको नगरप्रमुख जनकराज पौडेलले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न सबै स्थानीय तहलाई परिपत्र (आदेशसहित)

काठमाडौं । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले …

प्रतिकृया दिनुहॊस