शेयर किन्नेलाई आजदेखि प्यान अनिवार्य

काठमाण्डाै । दोस्रो बजारमा ५ लाख रुपैयाभन्दा धेरैको शेयर किन्नेलाई साेमबारदेखि स्थायी लेखा नम्बर अर्थात प्यान अनिवार्य भएको छ ।

धितोपत्र बोर्डले एक पटकमा ५ लाख वा त्योभन्दा बढीको शेयर किन्ने ब्यक्तिलाई प्यान नम्बर अनिवार्य गरेको हो ।

पहिलो चरणमा एकै कारोबारमा पाँच लाख वा त्यो भन्दा बढी कारोबार गर्नेलाई प्यान नम्बर अनिवार्य गरिएको र त्यो भन्दा कमको कारोबार गर्ने ग्राहकले पनि ऐच्छिक रुपमा प्यान नम्बर बुझाउन सक्ने बोर्डले जनाएको छ ।

साना लगानीकर्तालाई प्रोत्साहित गर्न ५ लाखभन्दा कमको कारोबारमा भने प्यान अनिवार्य नगरिएको बोर्डले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस