एक्काइसौँ शताव्दीको शैक्षिक माग र गुणस्तर आवश्यकतालाई ध्यानमा राखेर पाठशाला नेपालको स्थापना इस्वी २००४ मा भएको हो । यसको मूल उद्देश्य नै सार्थक शिक्षा सार्थक जीवन रहेको छ । यसले बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि वौद्धिक, सामाजिक, संवेगात्मक, मनोवैज्ञानिक तथा नैतिक विकासका विभिन्न सैद्धान्तिक तथा व्यवहारिक कार्यक्रमहरु सञ्चालन गरिहेको छ । यसले पाठ्क्रमहरु व्यवहारिक, जीवनमुखी प्रयोगात्मक बनाउँदै लगेको छ । फलत विद्यार्थीहरुलाई आफ्नो परिवार, समाज, राष्ट्र र विश्वप्रति सकारात्मक र उत्तरदायी हुन टेवा पुगिरहेको छ ।
विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पाठशाला
पाठशाला नेपाल फाउन्डेसन नेपाली माटो सुहाउँदो अन्तराष्ट्रिय स्तरको शिक्षाका लागि प्रतिबद्ध बिद्यालय हो । यसको शैक्षिक आदर्श भनेको ‘सार्थक शिक्षा सार्थक जीवन’ हो ।
यसले यहि पृष्ठभूमिका रहि हरेक बिद्यार्थीभित्र रहेको प्रतिभा, क्षमतालाई बाहिर ल्याउन प्रत्येक बिद्यार्र्थीलाई व्यैक्तयिक सहयोग गर्दै आएको छ । यस बाहेक विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप, नैतिक शिक्षाका कार्यक्रम, बाल क्लबमार्फत् नेतृत्व विकास, शैक्षिक भ्रमण, योगाध्यान कक्षा सञ्चालन आदिजस्ता थुप्रै कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यस विद्यालयले बालबालिकाको स्वस्थ जीवनका लागि ताजा, सफा र गुणस्तरीय खानेकुराको व्यवस्था गरेको छ । खानेकुरा विविधीकरण गरि फरक दिनमा फरक परिकार, मौसम अनुसारको सागसव्जी तथा फलफूलको समेत व्यवस्था गरिरहेको छ । अब्बल शिक्षाका लागि पाठशाला विद्यालय नमूनाका रुपमा चिरपरिचित छ ।
कस्तो विद्यालयलाई गुणस्तरीय भन्ने ?
नेपालको शहरी क्षेत्रमा बिद्यालय मात्र यस्तो थलो हो, जहाँ बिद्यार्थीहरुले असल शिक्षा, सामाजिकीकरण, दैनिकी निर्माण गर्दै आगामी जीवनका लागि लक्ष्य निर्धारण गर्न सिक्दछन् । बिद्यालय जीवनमा नै साथीहरु बनाउने, मनका कुराहरु साट्ने, मैत्रीभाव अभ्यास गर्दै खुसी हुन सिक्दछन् । दिनभरीको उर्जाशील समय गुरुहरुसँगै रहने हुनाले ज्ञानका विभिन्न आयाम, तिनीहरुको प्रयोग र विश्लेषण गर्न सिक्दछन् । आफ्ना अभिभावक व्यस्त रहने भएकाले उनीहरुका संवेगात्मक सोच अभिव्यक्त गर्ने तथा विकास गर्ने ठाउँकारुपमा बिद्यालय विकास हुँदै आएको छ । आफ्नो व्यस्त जीवनशैली, एकल परिवार र उचित विश्वसनीय छिमेकी तथा समूदायको अभावका कारण अभिभावकहरु राम्रो गुणस्तरीय बिद्यालयको खोजमा हुनुहुन्छ । त्यसैले अभिभावकहरुले आफ्नो आम्दानीको महत्वपूर्ण कमाई आफ्ना सन्तानको शिक्षा तथा उज्ज्वल भावी जीवनका लागि खर्चन चाहनुहुन्छ ।
अव सवाल उठ्छ, कस्तो विद्यालयलाई गुणस्तरीय भन्ने ? गुणस्तरीय छुट्याउने थुप्रै आधारहरु छन् । प्राथमिक तहका बालबालिकाको शारिरीक तथा संवेगात्मक गति विकासको पहिलो सर्त भनेको राम्रो खेल मैदान, खेल सामग्री तथा शिक्षकहरुको समन्वकारी भूमिका रहेको छ । उनीहरुले खेल मार्फत नै भाषा विकास गर्न, सामाजिकीकरण हुन र नेतृत्व विकास गर्न सिक्दछन । खेलले शरीरमा स्फूर्ति दिने हुनाले उनीहरु नयाँ कुरा सिक्न उत्साहित हुन्छन । अहिले अधिकांश पाठ्यक्रमहरु खेल विधी तथा बाल गीतमा आधारित छन् । विषयवस्तु पढाउँदा सजिलो, जीवन्त र प्रष्ट हुनुपर्छ ।
निम्न माध्यमिक तथा माध्यमिक तहका बालबालिकाको लागि विभिन्न विषयहरुको ज्ञान, अवधारणागत शिक्षा, विषयगत विश्लेषणमार्फत् पेशागत जीवनका लागि आधार तयार पार्नुपर्दछ । यस मार्फत बालबालिकाहरुले आफैँले आफ्नो लक्ष्य निर्धारण गर्न सिक्दछन् । जुन बालबालिकाले आफ्नो बाटो आफैँ तय गर्न सिक्दछन्, उनीहरु सानैदेखि खुसी, आत्मविश्वासी तथा सिर्जनशील बन्न सक्दछन् । यसले स्वयम् बालबालिका, विद्यालय, परिवार तथा राष्ट्रका लागि ठूलो टेवा पुग्न सक्दछ । यसका लागि जुन विद्यालयको पृष्ठभूमि यसरी तयार भएको छ त्यसैलाई गुणात्मक र उचित मान्न सकिन्छ । पाठशाला नेपाल फाउण्डेसन विद्यार्थीको समग्र विकासका लागि र गुणस्तरीय हिसावले अब्बल मान्न सकिन्छ ।
An experienced professional team is leading the school
School is a good school for parents who are in need of real education that means education of practical life/moral values. An experienced professional team is leading the school. Well trained & qualified teachers are much sincere to take care of academic part of the childrens. If you review the “Dairy” of children’s and an interaction in “PTC” (Parents-Teachers Conversation) you will be surprised how the teachers are delicately working for the holistic development of the Child. The food/lunch school serve is nutritious and delicious, I have tasted it randomly. School has a very good communication channel to communicate to all the concern people like coordinators, teachers , drivers and so on. My son “Saksham Subedi” is in grade 6 and he is much happy to be a part of Pathshala School. “Kudos to all the service providers at Pathshala School.” Krishna Subedi- Parents of Saksham Subedi Grade-6
शिक्षकहरु साथी र अभिभावक जस्तै
हामीलाई विद्यालय भित्र र बाहिर विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा संलग्न हुने अवसर दिईन्छ जुन विशेषगरी हाम्रा रुचि र क्षमताका विषयहरु पहिचान गर्न सहयोगी हुन्छन् । हाम्रा शिक्षकहरु साथीहरु र अभिभावकहरु जस्तै छन् । हामीहरूबीच बलियो घनिष्टता र आत्मियता छ जसले गर्दा एकअर्काबीच सुझाव र प्रतिक्रियाहरू खुलेर व्यक्त गर्छौं । साथै पढाईमा मात्र नभई प्रतिभा र कौशलहरू प्रवर्द्धन र प्रस्फुटन गर्ने थुप्रै अवसरहरु पनि हामीलाई प्राप्त हुन्छ ।
रेनुका सिंह, अभिभावक
म केहि वर्ष पहिले गुणस्तरीय शिक्षा दिने राम्रो बिद्यालयको खोजीमा विभिन्न बिद्यालयहरु चाहर्दै पाठशाला पुगें । बिद्यालय पुगेपछि यसको उद्देश्य तथा नारा ‘सार्थक शिक्षा सार्थक जीवन’ ले आकर्षित गरायो । त्यसपछि बिद्यालयमा रहनु भएका संस्थापकहरुको बाल संवेदनशीलता, शिक्षाप्रतिको लगाव तथा प्रतिवद्धताले पाठशालामा आफ्नो बच्चा पढाउन थप उतप्रेरित गर्यो। हाल जेठो छोरा +२ मा र अर्को बच्चा कक्षा ८ मा अध्ययनरत छन् । जेठो छोराको भनाइ अनुसार पहिले पाठशालामा सिकेका नैतिक ज्ञान, सहनशीलता, नेतृत्व विकासका अभ्यासहरु, आपसी सम्बन्ध तथा सहयोगले गर्दा कलेजमा साथी बनाउन, शिक्षकहरुसँग सम्मानपर्वक व्यवहार गर्न र नेतृत्व लिन सजिलो भैरहेको छ । मेरो विचारमा शैक्षिक क्षेत्रमा पाठशालाले ठूलो फड्को मारेको छ । यद्यपी पाठशाला बानेश्वरमा यसले भौतिक संरचनामा थप विकास गरे सुनमा सुगन्ध थपे जस्तै हुनेथियो ।
प्रतिकृया दिनुहॊस