लगानी निर्देशिका २०७५ : बीमा कम्पनीले घरजग्गामा लगानी गर्न पाउने, शेयरमा लगानी गर्ने सीमा बढ्यो

काठमाडौं। बीमा कम्पनीले ५ प्रतिशतसम्म घरजग्गामा लगानी गर्न पाउने भएका छन्। बीमा समितिले लगानी निर्देशिका २०७५ मार्फत घरजग्गामा लगानी गर्न पाउने व्यवस्था गरेको हो। यसअघिको निर्देशिकामा घरजग्गामा लगानी गर्न पाउने व्यवस्था थिएन। बीमा कम्पनीहरुले घर जग्गा व्यवसायमा रहेको लगानीलाई कम्तीमा प्रत्येक तीन वर्षमा एक पटक र घरजग्गा बाहेक अन्य क्षेत्रमा गरिएको लगानीलाई प्रत्येक दिन मूल्यांकन गर्नुपर्नेछ।

समितिले सरकारको ऋणपत्र तथा बचतपत्रमा कुल लगानीको २० प्रतिशत नघट्ने गरि लगानी गर्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै यसको सीमा ५ प्रतिशतमा झारेको छ। कम्पनीहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरि दोस्रो बजारमा सूचीकृत नभएका पब्लिक कम्पनीमा लगानी गर्दा, घरजग्गा व्यवसाय, कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा तोकिएको सीमाभन्दा बढी लगानी गर्दा समितिबाट पूर्व स्वीकृति लिनुपर्नेछ।

बीमा कम्पनीले बाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकमा कम्तीमा पनि कूल टेक्निकल रिजर्भको ४० प्रतिशत रकम मूद्दती निक्षेपमा जम्मा गर्नुपर्नेछ। यस अघिको निर्देशिका अनुसार न्यूनतम ३५ प्रतिशत रकम मुद्दती निक्षेपमा जम्मा गर्नुपर्ने व्यवस्था थियो। अहिलेको व्यवस्थाले ऋणपत्र तथा बचतपत्रको सीमा घटाएको छ भने मुद्दती निक्षेपको सीमा बढाएको छ। बीमा कम्पनीले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त तथा शेयर बजारमा सूचीकृत कम्पनीहरुमा कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म शेयर लगानी गर्न पाउने छन्।

बीमा कम्पनीहरुले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बाणिज्य बैंक विकास बैंक र फाइनान्सको अग्राधिकार शेयर (साधारण शेयरमा परिणत नहुने) र ऋणपत्रमा कूल टेक्निकल रिजर्भको २० प्रतिशत सम्म लगानी गर्न पाउने छन्। लगानी गरिने कम्पनीको चुक्ता पूँजीको दश प्रतिशत भन्दा बढि हुनेगरि लगानी गर्न पाइने छैन।

बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनियम बजारमा सूचिकृत पब्लिक कम्पनीको सुरक्षित डिवेन्चरमा कूल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म लगानी गर्न पाउने छन्।कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा गरिएको ऋणपत्र वा पूँजीमा कूल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म लगानी गर्न पाउने छन्। तर २० प्रतिशत भन्दा बढी लगानी गर्न चाहेमा समितिसँग स्वीकृति लिनु पर्नेछ।

नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा बीमा कम्पनीहरुले कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म लगानी गर्न सक्ने छन्। बीमा कम्पनीहरुले विकास बैंकहरुको मुद्दती निक्षेपमा कुल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म रकम जम्मा गर्न सक्ने छन्। त्यस्तै नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म लगानी गर्न पाउने छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस