‘सिटिजन्स विशेष बचत खाता’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना ‘सिटिजन्स विशेष बचत खाता’ ल्याएको छ । बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक कार्यक्रमबीच बैंकले ‘सिटिजन्स विशेष बचत खाता’ योजना सार्वजनिक गरेको हो ।

 

१ सय रुपैयाँ मै खाता खोल्न मिल्ने ‘सिटिजन्स विशेष बचत खाता’ कर्मचारीहरूको तलब खाताको लागि फलदायी हुने बैंकले विश्वास लिएको छ ।

दैनिक मौज्दातमा वार्षिक ६.२५% ब्याज दर प्रदान गरिने यस योजनाबाट ग्राहकहरुले आकर्षक ब्याज दर प्राप्त गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभ समेत प्राप्त गर्न सक्ने छन् ।

यो योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति एक लाख सम्मको स्वास्थ्य बीमा(अस्पताल भर्ना खर्च) र सात लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ ।

औसत मौज्दात रकमको चार गुणासम्मको हुनआउने रकमको दाबीभुक्तानीगर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराउने कुरा बैंकले जानकारी दिएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस