रानीपोखरी पुनर्निर्माण : बल्ल लाग्यो मोडालिटीको टुंगो

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी पुनर्निर्माण कसरी गर्ने भन्ने विषयमा अन्तिम निचोड निकालेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा बसेको पुरातत्वसम्बन्धी विज्ञसहितको बैठकले रानीपोखरी पुनर्निर्माणको मोडालिटीबारे टुंगो लगाएको हो । अब रानीपोखरी पुनर्निर्माण करिब एक फिट तलसम्म खनी घाँस हटाएर सुरु हुने भएको छ ।

घास हटाएसँगै त्यहाँ रहेको सबै बालुवा पनि निकालेर एक ठाउँमा माटो नमिसिने गरी जम्मा गरिने भएको छ । माटो जम्मा गरेसँगै पोखरीको कालीमाटी रहेको तहमा थप एक फिटको कालीमाटी राख्ने र माटोको तह तयार भएपछि करिब दुई फिटको बालुवा राखिने निर्णय भएको प्राधिकरणले जनाएको छ ।

लामो समयदेखि विवादित रहेको पोखरी डिलबारे पनि निर्णय भएको छ । अब विगतमा रिटेनिङ पर्खाल लगाउँदा बिग्रेको पोखरीको सतहलाई पुरानै तहअनुसार बनाइने भएको छ । त्यसपछि पोखरीको डिलको माथिल्लो भागमा ठूलो पेटी लगाइने भएको छ ।

पोखरीको डिल र फुटपाथको छेउसम्म इँटा सोलिङ एवं लाइम कंक्रिटको काम सम्पन्न गरेसँगै ठाडो इँटा बिछ्याउने कार्य गरिने र हालै बनाइएको ढुंगाको रिटेनिङ पर्खालमा माअप्पाको आवरण लगाई फुटपाथ लेभलमा लाइम कंक्रिटपछि माअप्पाको नै रेलिङ वाल बनाइने भएको छ । त्यसक्रममा फुटपाथमा इँटा सोलिङ र लाइम कंक्रिट गरी दुई इन्च बाक्लो कालो ढुंगा बिछ्याउने प्राधिकरणले निर्णय गरेको हो ।

पोखरीको पानीका लागि पूर्वतर्फ एउटा बोरिङको व्यवस्थासमेत हुने भएको छ । त्यस्तै, ठाउँ ठाउँमा अकासे पानी संकलन गर्ने संयन्त्र निर्माणसमेत हुने भएको छ । पोखरीमा पानीको मात्रा अटुट राख्न मेलम्ची पाइप लाइनसँग जोड्ने प्रावधान पनि खुला राखिने भएको छ । पोखरीको माथिल्लो सतहमा केही मात्रामा माटो राखी हरियाली पनि कायम गरिने भएको छ ।

यसैगरी, रानीपोखरीको बीचमा अवस्थित बालगोपालेश्वर मन्दिरसँग जोडिएको पुलको निर्माण गर्दा पुलको जगदेखि पानीको सतहसम्म ड्राई ड्रेस स्टोन वाल लगाउने र त्यसको बाहिरी भागमा सम्भव भएसम्म पुरानै इँटा प्रयोग गरिने निर्णय भएको छ ।
पुलको वृत–खण्ड र त्यसमाथिको भाग निर्माण गर्दा लाइमरसुर्खी मोर्टार प्रयोग गरिनेछ । पानीको सतहदेखि माथि पुलसम्म निर्माण गर्दा सम्भव भएसम्म पुरानै इँटा प्रयोग हुनेछ । पुलको फुटपाथमा कालो ढुंगाले पेभिङ गर्ने र पुलको दायाँ र बायाँतर्फ दचिअप्पा प्रयोग गरी १४ इन्चको पर्खाल निर्माण गरिने भएको छ ।

यसअघि नै रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर प्रताप मल्लकालीन ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गर्ने टुंगो लागिसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds