Black clouds hover around Kathmandu valley on Friday, January 27, 2017. Photo: /Nagarik/Republica

काठमाडौंको वायु अस्वस्थकर : मर्निङ वाकमा ननिस्कनुस्, यी कुरामा ख्याल राखौं

काठमाडौं । काठमाडौँ उपत्यकाको वायुको गुणस्तर अति अस्वस्थकर भएको छ । विश्वभरको वायु प्रदूषणको रेकर्ड गर्ने आईक्यूएयरले आज विश्वका वायु प्रदूषित सहरको सूचीमा काठमाडौँ उपत्यकालाई पहिलो नम्बरमा राखेको छ ।

आईक्यूएयरका अनुसार अहिले (यो समाचार तयार पार्दासम्म -बिहान ९ः७ मा) काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) २४७ छ । यो भनेको अति अस्वस्थकर वायु मानिने विज्ञले बताएका छन् । २ सय १ देखि ३ सयसम्मको एक्यूआईलाई अति अस्वस्थरक वायु मानिन्छ ।

३ सय १ देखि ४ सयसम्मको एक्यूआईलाई खतरनाक र ४ सय १ देखि ४ सय ५० सम्मलाई अति खतरा मानिन्छ । शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्यूआईलाई होसियार रहुँ भन्ने अवस्थाको मानिन्छ ।

वातावरणीय स्वास्थ्यविज्ञ यादव जोशीले आकाश धुम्म भएर प्रदूषण बढेका वेला मर्निङ वाकमा नजान सुझाव दिएका छन् । ‘धुलो र धुवाँका ससाना कण वायुमण्डलको तल्लो सतहमा तैरिरहेका हुन्छन्, जुन हाम्रो नाक, मुखबाट सीधै प्रवेश गर्न सक्ने हुन्छ,’ उनले भने, ‘दम, निमोनियालगायतका बिरामीलाई झनै असर गर्ने भएकाले मास्क अनिवार्य लगाउनुपर्छ ।’

काठमाडौंको वायु प्रदूषणको कारकबारे अध्ययन गरेका प्राध्यापक रामप्रसाद रेग्मी हिउँदमा चिसो हावा तल र तातो हावा माथि भएर स्पर्श हुन नपाउँदा प्रदूषण बढ्ने बताउँछन् । जसकारण प्रदूषित हावा लामो समयसम्म उपत्यकाबाहिर निस्कन पाउँदैन । र, उपत्यका घेर्ने डाँडामाथि स्थिर किसिमको वायुमण्डलीय सतह बन्छ । ‘त्यसले उपत्यकामा बिर्को लगाएजस्तै गरी प्रदूषण आकाशतिर फिँजिएर जाने प्रक्रियालाई रोकिदिन्छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा उत्सर्जित वायुप्रदूषण उपत्यकाभित्र जम्मा हुन थाल्छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after