कैदीबन्दीलाई तनाव व्यवस्थापनका लागि योगाभ्यास तथा मनोसामाजिक परामर्श

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले कैदीबन्दीलाई योगाभ्यास तथा मनोसामाजिक परामर्श दिएको छ । तनाव व्यवस्थापनको उदेश्यसहित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले तीन दिनसम्म कैदीबन्दीलाई योगाभ्यास तथा मनोसामाजिक परामर्श दिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रहरी कार्यालय, काठमाडौं, केन्द्रिय कारागार, जगन्नाथदेवल, सुन्धारा तथा कारागार डिल्लिबजारसँग समन्वय गरी केन्द्रिय कारागार, सुन्धारामा रहेका ५० जना कैदीबन्दीलाई योग, ध्यान, मनोसामाजिक परामर्श तथा तनाव व्यवस्थापनका विधिहरु समेत सिकाएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जनाएको छ ।

कार्यक्रमबाट जिल्ला कारागारस्थित कैदीबन्दीको तनाव व्यवस्थापन भई स्वस्थ्य जिवनशैली र मानसिक स्वास्थ्य सुधार हुने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री