राष्ट्रिय वाणिज्य बैंक बन्यो सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंक, एनसीएचएलले गर्यो सम्मान

काठमाडाैँ । २०२२ साल माघ १० गते ढड्डा प्रणालीबाट सुरु गरेको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ्ग कारोबारमा हाल प्रविधिमा आधारित डिजिटल कारोबारमा उल्लेख्य प्रगति भएको छ। नेपालका वाणिज्य बैंकहरू मध्ये सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबैभन्दा बढी डिजिल कारोबार (विद्युतीय कारोबार) गर्न सफल भएको छ।

यसै सन्दर्भमा नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा सम्मानित गरेको छ। एक विशेष कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरेका छन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताउँदै अब राष्ट्रिय वाणिज्य बैंक परम्परागत प्रणालीबाट डिजिटलाइजेशन तर्फ गएको बताए। बैंकले अन्तर्राष्ट्रिय स्तरको उन्नत बैंकिङ्ग प्रविधिमा आधारित ‘कोर बैंकिङ सफ्टवेयर’ भित्र्याउन ‘आईटी इन्हान्समेन्ट रोडम्याप’ अन्तर्गत कार्य समेत गरिरहेको उनले बताए।

उनले बैंकले आधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रवाह गरिरहेकाले सबै ग्राहकहरुलाई निर्धक्कसँग बैंकिङ्ग सेवा प्रयोग गर्न अनुरोध गरेका छन्। साथै उनले बैंकको उपरोक्त प्रगतिकालागि सम्पूर्ण ग्राहकहरु, शेयरधनी, नेपाल सरकार, राष्ट्र बैंंक, कार्यरत कर्मचारी लगायत समग्र सरोकारवालाहरु प्रति बैंकको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरे।

बैंकका हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८५ शाखा कार्यालय, २६९ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ६९ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, पीओएस सेवा, क्रेडिट कार्ड डेबिट कार्ड, कन्नेक्ट आईपीएस स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ्ग, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा बिना ईन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकद्वारा नवीकरण प्रतिष्ठान नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लामो समयदेखि अनाथ बालबालिकाहरुको लागि काम गर्दै आएको रिन्यू …

प्रतिकृया दिनुहॊस