फेरि १ लाख २० हजार नाघ्यो सुनको मूल्य

काठमाडाैं । सुनको मूल्य मंगलबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।

तेजाबी सुन पनि तोलाको १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ। यसअघि सोमबार भने छापावाल सुन १ लाख १९ हजार ९ सय र तेजाबी सुन १ लाख १९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यता आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। योसँगै अघिल्लो दिन १ हजार ४ सय ७५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको चाँदी आज १ हजार ४ सय ८५ रुपैयाँ कायम भएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, …

प्रतिकृया दिनुहॊस

This will auto close after