बिहीबार काठमाडौँका यी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने

काठमाडाैं । बिहीबार काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार टेकू(स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरुमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ ।

कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग र काराखुशीमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल र कलश अपार्टमेन्ट क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बझाङमा मतगणना गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ-१ ‘क’ मा मतगणना गर्न सर्वदलीय बैठक सुरु भएको छ । शनिबार …

प्रतिकृया दिनुहॊस