बैंकिङ कारोबारबारे भिडियोमार्फत ग्राहकलाई जनचेतना दिँदै सिटिजन्स बैंक (भिडियोसहित)

काठमाडौँ । सिटिजन्स बैङ्क इन्टरनेशनल लिमिटेडले बैंकिङ्ग कारोबार गर्दा ध्यान दिनु पर्ने जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । बैङ्कले आफ्ना ग्राहकहरूलाई बैंकिङ्ग कारोबार गर्दा ध्यान दिनुपर्ने कुरालाई मध्यनजर गर्दै उक्त भिडियो सार्वजनिक गरेको हो ।

डिजिटल मोनिले पैसाको कारोबार गर्ने सजिलो बनाएसँगै सुरक्षित पनि हुनु पनि आवश्यक रहेको भिडियोमा भनिएको छ । आफ्नो मोबाइलमा मोबाइल बैंकिङ एप डाउनलोड गरी कारोबार गर्नका लागि सबैलाई अनुरोध गरिएको छ । सबै कारोबार डिजिटल्ली गर्ने भनेर मात्र हुँदैन आफ्नो रकमको सुरक्षा गर्नका लागि अनलाइन,मोबाइल बैंकिङ सेवा प्रयोग गर्दा विविध पक्षमा ध्यान दिनुपर्ने कुराहरू बारे जानकारी दिन खोजिएको छ ।

डिजिटल प्रणालीले पैसाको कारोबार गर्नका लागि धेरै सहज बनाएको छ तर यस सँगै धेरै सुरक्षित तरिका पनि अपनाउन पर्ने विषयप्रति सचेत गराउन खोजिएको छ । अनलाइन बैंकिङ मार्फत कारोबार गर्नुपूर्व यसको विषयमा सबै जानकारी लिनु महत्त्वपूर्ण हुन्छ र ख्याल ख्यालमा सबै थाहा छ भन्दै जसरी पनि प्रयोग गर्न थालियो भने समस्यामा पर्न सकिन्छ त्यसैले अनलाइन बैंकिङ सेवा सुचारु गर्दा बैंकको आधिकारिक वेबसाइट बाट मात्र प्रयोग गर्ने, आधिकारिक एप मात्र डाउनलोड गर्ने, अनलाइन बैंकिङ प्रयोग गर्ने मोबाइल, ल्यापटप, ग्याजेटलाई पासपोर्ट, पिन, प्याटर्न र बायोमेट्रिकले अनिवार्य रूपमा लक गर्ने, अनलाइन बैंकिङको युआरएल सधैँ टाईप गर्ने, कुनै पनि इमेल लिंक वा हाईपर लिंक क्लिक गर्ने गर्न नहुने सन्देश दिइएको छ ।

भिडियोमा ‘अनलाइन बैंकिङको प्रयोगमा ओपिटि, फिंगर प्रिन्ट, मोबाइल नम्बर प्रयोग गर्ने, बैंकको सबै किसिमको अलर्ट सेवाहरु लिने जसले गर्दा ग्राहकको खातामा हुने कुनै पनि किसिमको गतिविधिहरूको विषयमा तुरुन्त सूचना दिने गर्छ । बलियो पासपोर्ट प्रयोग गर्ने र समय समयमा परिवर्तन गर्ने, पासपोर्टहरु कुनै पनि ब्राउजरमा सेभ गरेर राख्न नहुने, सकेसम्म सार्वजनिक वाईफाईबाट बैंकिङ कारोबार गर्न नहुने, आफ्नो मोबाइल वा अनलाइन बैंकिङ एपलाई सधैँ अप टु डेट राख्ने र कुनै पनि शंकास्पद गतिविधि भएको शंका लागेमा सम्बन्धित बैंकलाई तुरुन्त खबर गर्नुपर्छ’ भन्ने सन्देश दिइएको छ ।

हेर्नुहोस् भिडियो:-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हाउसफुल चलिरहेका २० हलबाट उतारियो ‘पूर्णबहादुरको सारंगी’

काठमाडौं । अहिले शानदार प्रदर्शन भइरहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ देशभरका २० सिनेमा घरहरूमा फिल्म हटाउने भएको छ । निर्माण पक्षले मोफसलका २० हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ आजदेखि प्रदर्शन नहुने जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस