सीजीको चाडपर्व अभियान सुरु, दुबईको विशेष यात्रा जित्ने माैका

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण ब्राण्ड सीजी ब्राण्डले दशैं र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको छ ।

“सीजीले घर सजाओं खुशीले चाड मनाऔं” शीर्षकको योजनाले स्मार्ट घरेलु उपकरणहरुको खरिदमा आफ्ना ग्राहकहरूलाई आकर्षक उपहारहरु दिनेछ । सीजीको स्मार्ट घरेलु उपकरणहरु खरिद गर्दा ग्राहकहरूले आकर्षक साप्ताहिक पुरस्कारहरू जित्ने मौकाका साथै बम्पर पुरस्कारका रूपमा २ जनाले दुबईको विशेष यात्रा जित्न सक्नेछन् ।

यो पर्व सीजी ब्राण्डको कुकिंग सिरिज, किचेन सिरिज, समर सिरिज र विन्टर सिरिजको उत्पादनहरुमा लागू हुनेछ । सिमित समयको लागि दिइएको यस योजना नेपाल अधिराज्यभर लागू गरिएको छ ।

यस योजनाका अन्य आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, ०% नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुर स्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यो योजनाका आर्कषणहरु र थप जानकारीका लागि क्यूआर कोड स्क्यान गर्नुपर्नेछ ।

यो योजनामा उल्लेखित अफरहरु नेपालभरका सबै सीजी ब्रान्डका आधिकारिक डिलरहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ । यो योजना सबै सीजी स्मार्ट घरेलु उपकरणहरू जस्तै राइस कुकर, ग्रिल, एयर फ्राइर, टोस्टर, प्यान, ग्यास चुलो, वाटर फिल्टर, मिक्सर ग्राइन्डर, वाटर हिटर, वाटर डिस्पेन्सर, हिटर, फ्यान र अन्य घरेलु उपकरणहरूमा उपलब्ध हुनेछ थप जानकारी प्राप्त गर्नका लागि ग्राहकहरूले सीजी ब्राण्डको आधिकारिक वेबसाइट र यसका सामाजिक सञ्जालहरूमा जान सकिनेछ ।

सीजी इलेक्ट्रोनिक्स अन्तरगत रहेको सीजी ब्राण्ड, देशकै नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड हो । सीजी ब्राण्डले देशैभर रहेका आफ्नो बलियो बिक्री संजाल मार्फत आफ्ना उपभोक्ताहरुलाई सेवा सुविधाहरु दिंदै आएको छ । गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गदै, सीजी ब्राण्डले विगत लामो समय देखि नेपाली जनताको जीवनलाई सहज बनाउंँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिरो एक्कासी मालामाल दशैं तिहार अफर अन्तर्गत ५ लाख क्यास व्यकका बिजेता घोषणा

काठमाडौं । सिजि हिरो एक्कासी मालामाल दशैं तिहार अफर अन्तर्गत एकजना भाग्यशाली बिजेता घोषणा भएका …

प्रतिकृया दिनुहॊस