काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को संचित मुनाफाबाट लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकको एक कित्ता सेयर हुने सेयरधनीले १० रुपैयाँ प्राप्त गर्नेछन् । उक्त प्रस्ताव बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।
प्रतिकृया दिनुहॊस