mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

कहाँ कहाँ हुँदैछ वर्षा ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भू-भाग र मध्य प्रदेशको पश्चिमी भू-भाग आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

MINENDRA-RIJAL/हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक : नेता डा. रिजाल

हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक : नेता डा. रिजाल

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले …

प्रतिकृया दिनुहॊस