नेइमारले तोडे पेलेको त्यो कीर्तिमान

काठमाडौँ । नेइमार ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा ब्राजिलको ५-१ को जितमा नेइमारले २ गोल गर्दै ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् ।

नेइमारले ब्राजिलका महान् खेलाडी पेलेको कीर्तिमान तोडेका हुन् । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका थिए । उनले ब्राजिलका लागि १९५७ देखि १९७१ सम्म खेलेका थिए । नेइमारले भने १२५ खेलमा ब्राजिलका लागि ७९ गोल गरेका छन् ।

ब्राजिलका लागि रोनाल्डोले ९८ खेलमा ६२ गोल गरेका छन् भने रोमारियोले ७० खेलमा ५५ गोल गरेका छन् । देशका लागि फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान भने महिला फुटबल टोलीकी मार्टाको नाममा छ । उनले १७१ खेलमा ११५ गोल गरेकी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलमा रोहित र सन्दीपसहित आठ मार्की खेलाडी घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का आठ …

प्रतिकृया दिनुहॊस