डडेल्धुरामा गोली प्रहार गरी महिलाको हत्या

काठमाडौं । डडेल्धुरामा गोली प्रहार गरी एक महिलाको हत्या भएको छ । गोली प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले अमरगढी नगरपालिका-३ पथरोडा बस्ने ३२ वर्षीय डम्बरबहादुर थापा मगरलाई पक्राउ गरेको छ ।

घरायसी विवादका क्रममा डम्बरले अस्मितामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रीमानले प्रहार गरेको गोलीबाट अस्मिताको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट खटिएको प्रहरी टोलीले डम्बरलाई सोमबार साँझ नियन्त्रणमा लिएको छ भने उनको साथबाट भरूवा बन्दुक समेत बरामद भएको छ । नियन्त्रणमा रहेको डम्बरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन कार्यक्रमको घोषणा

काठमाडौँ । ‘नो केबलकार समूह’ द्वारा पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध थप आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । उनीहरुले नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहॊस