माटो खन्न गएकी ४० दिने सुत्केरीको च्यापिएर मृत्यु, दुई नाबालकको बिचल्ली

काठमाडौं । घर पोत्ने माटो खन्ने क्रममा ढुङ्गाले च्यापिएर बझाङमा शुत्केरी महिलाको मृत्यु भएको छ । थलारा गाउँपालिका-३ देवल निवासी राधिका जोशी (उपाध्याय)को च्यापिएर मृत्यु भएको हो ।

सोमबार दिउँसो करिब १ बजे गाउँनजिकैको भगवती आधारभूत विद्यालय क्षेत्रमा घर पोत्ने माटो खन्ने क्रममा ढुङ्गाले च्यापिएकी थिइन् । समयमै उद्धार नहुँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

उपाध्यायकी ४० दिने नाबालक र अढाई वर्षीय अर्का छोरा टुहुरो भएका छन् । आमाको मृत्यु भएपछि नाबालक विचल्लीमा परेका छन् । पति कुलराज उपाध्याय गौमुल गाउँपालिकामा प्रशासन सहायकका रुपमा कार्यरत छन् ।

माघी पर्वको मुखमै २४ वर्षीया राधिकाको निधनले गाउँ शोकमा डुबेको छ । गाउँमा सुत्केरी भएकै समयमा पनि भारी काम गर्नुपर्ने, घरको काममा सघाउनु पर्ने बाध्यता छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डडेल्धुरामा गोली प्रहार गरी महिलाको हत्या

काठमाडौं । डडेल्धुरामा गोली प्रहार गरी एक महिलाको हत्या भएको छ । गोली प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले अमरगढी नगरपालिका-३ पथरोडा बस्ने ३२ वर्षीय डम्बरबहादुर थापा मगरलाई पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहॊस