चलचित्र ‘महाराजधिराज’मा पल शाहको फस्ट लुक सार्वजनिक

काठमाडौँ । चलचित्र ‘महाराजधिराज’ को पोस्टर सार्वजनिक भएको छ । मंगलबार निर्माण टिमले सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गरेका हुन् ।

यस पोस्टरमा अभिनेता पल शाहको दुई फरक लुक देख्न सकिन्छ । एक लुकमा उनी राज परिवारको पहिरनमा शीरमा श्रीपेच, हातमा राजदण्ड बोकेर उभिएका छन् । उनी अर्को लुकमा अगाडि कुर्सीमा बसेका ‘न्युड’ अवस्थामा प्रस्तुत छन् । पोस्टरमा देखिएका उनको क्यारेक्टरले फिल्मको कथाबारे कौतुहलता जगाएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अभिनेता शाहले चलचित्र ‘महाराजधिराज’ आगामी वर्ष २०८२ सालको फूलपातीमा प्रदर्शन गरिने जानकारी दिए ।

यस चलचित्रका प्रस्तुतकर्ता विराज विष्ट हुन् । निर्देशक परिच्छेद सेनकै लेखन रहने यस फिल्मलाई टोपेन्द्र बिष्ट, चक्र बहादुर केसी र रबी खड्काले लगानी गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘लाज शरणम्’ मा बालेनले गाए गीत

काठमाडौँ । चलचित्र ‘लाज शरणम्’ मा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गीत गाएका छन् । …

प्रतिकृया दिनुहॊस