बढुवा भएका दुई एआईजीको पदस्थापन

काठमाडौं । नेपाल प्रहरीका दुईजना अतिरिक्त महानिरीक्षक (एआईजी) लाई पदस्थापन गरिएको छ ।

नवनियुक्त एआईजी कुवेर कडायतलाई अपराध अनुसन्धान विभाग र रवीन्द्र केसीलाई प्रदेश समन्वय विभागमा पदस्थपन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पुस २६ मा मन्त्रिपरिषद्ले उनीहरुलाई नायव महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री