निराश होइन, आशावादी बन्नुहोस् 

  • मनोज ज्ञवाली, डेपुटी सिइओ, नबील बैंक लि.

मनोज ज्ञवाली बैंकर हुन् । उनी हाल नबील बैंकको डेपुटी सिइओका रूपमा कार्यरत छन् । सफल बैंकरका रूपमा परिचित उनी युवाहरूका प्रेरणाका स्रोत पनि हुन् । ज्ञवालीलाई मोटिभेसनल स्पीकरका रूपमा चिन्नेहरू धेरै छन् । युवाहरूका आशाका केन्द्रका रूपमा रहेका ज्ञवाली बैंकरका रूपमा मात्र सफल छैनन् । आफ्ना सकारात्मक र ऊर्जावान् भनाइहरूले जहिले चर्चामा रहन्छन् र सफलताको शिखरमा उक्लिरहेका छन् । 

ΟΟΟ

बैंकहरुले वित्तीय व्यवस्थापनको काम गर्दछन् । निक्षेपकर्ताहरुसँगको डाटा हेर्नुभयो भने ५ करोडभन्दा बढी खाताहरू छन् । नेपालको जनसंख्या ३ करोड पनि छैन । निक्षेपकर्ताको जनसख्या ५ करोड भन्दा बढी हुनु भनेको एउटै मान्छेका दुई/तीनवटा खाता भएको भन्ने बुझिन्छ । हामीले बैंकबाट ग्राहकहरूसँग संकलन गरेको पैसा १८ लाख भन्दा बढी उद्यमीहरूलाई बाँडेका छाैँ । हामी जिम्मेवार निक्षेपकर्ताहरूसँग छाैँ । निक्षेपकर्ताहरुको नासो हामीले राखेका हौँ । त्यसरी आम सर्वसाधारणले दुःख गरेर जम्मा गरेको रकम जथाभाबी बाँड्न मिल्दैन । तर कतिपय व्यापारीहरूले ऋण लिएर तिरेको अवस्था छैन । हामीकहाँ सूचना प्रणाली एकदमै कमजोर छ । एकजना गाहकले ऋण लिएर भागेर गयो भने त्यो मान्छे खोजेर पत्ता लगाउन सकिँदैन ।

कतिपय ठुलै उद्यमी पनि फरारको सुचीमा छन् । ऋणीहरू प्रहरीको फरारको सूचीमा हुन्छन् तर फाइभस्टारमा कफी खाइरहेका तस्बिरहरू यत्रतत्र छापिन्छन् । अहिलेको वास्तविकता यही नै हो । बैंकबाट ऋण लगेपछि तिर्नुपर्‍याे नि ! बैंकमा धेरैजना मानिसहरू आउनुहुन्छ । मसँग ४ रोपनी जग्गा छ । मलाई २ करोड रुपैयाँ ऋण चाहियो भन्नुहुन्छ । बैंक जग्गा दलाली सम्बन्धी संस्था होइन । तपाईँसँग कति जग्गा छ जग्गाको valuation गरेर बैंकले पैसा दिने हो । हाम्रो बानी व्यहोरा नै कस्तो खालको भयो भने, कसैले पेडाको पसल खोल्यो भने अर्कोले पनि पेडाकै व्यापार गर्न खोज्ने । कसैले कपडा पसल राख्यो, २/४ पैसा कमाएको देख्यो अनि अर्कोले पनि त्यसमै लगानी गरिहाल्ने । हो, यस्तो प्रवृत्तिका कारण समस्या उत्पन्न भइरहेको छ । कुनैपनि व्यवसाय गर्नुभन्दा पहिले बजारको विश्लेषण गर्नुपर्छ । सीप, क्षमताले तपाइको व्यापार फस्टाउँछ की फस्टाउँदैन ? विश्लेषण गर्नुहोस्  ।

अब युवाहरू निराश होइन, आशावादी बन्नुपर्छ । आफूले गर्न खोजेका व्यवसायका बारेमा राम्ररी अध्ययन गर्नुहोस् । गहनरुपमा विश्लेषण गरेर अगाडि बढ्नुहोस् । व्यवसाय गर्ने सधैँ नाफामा हुन्छ भन्ने छैन । जिन्दगीमा २,४ या १० पटक फेल हुने अवस्था पनि आउँछ । त्यो बेला निराश हुनुहुँदैन ।

आफूले सुरु गर्ने व्यवसायबाट आम्दानी गरेर तिर्नसक्छु भन्ने विश्वास बैंकलाई दिलाउनुभयो भने ऋण नपाउने कुरै आउँदैन । युवा स्वरोजगार कोषको आयोजनामा पनि हामीले धेरै काम गर्न सकिरहेका छैनौँ । ३५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय भाटभटेनीका साहुले अहिले उचाइमा पुर्‍याउनुभएको छ । त्यस्तै चन्द्र ढकालको व्यवसाय कहाँबाट कहाँ पुग्यो ? ४ जना कामदारबाट सुरु गरेको व्यवसायबाट अहिले १ हजार जना मानिसलाई रोजगारी दिइराख्नु भएको छ । यसबाट पनि हामीले के बुझ्नुपर्छ भने व्यवसायमा सफलता प्राप्त गर्न सकिन्छ । निराश हुनुपर्ने आवश्यकता छैन ।

अर्थतन्त्रमा पहिलेको भन्दा ईन्डिकेटरहरु ठिक छन् । अवस्था राम्रो हुँदैछ । धेरै कुराहरू परिवर्तन भएको छ । नेताहरूलाई गाली गरेर अरूलाई दोष लगाउने काम मात्रै गरेर केही हुनेवाला छैन । मैले लामो समयदेखि बैंकिङ क्षेत्रमा काम गर्दै आएको छु । टाइसुट लगाएकाहरू गुन्डा हुन् । घरहरू लिलाम गर्छन् । भनेर नराम्रो छाप बसाउन खोजिएको छ । जुन एकदमै गलत छ । बैंकबाट ऋण लिएपछि तिर्नुपर्छ भन्ने चेत व्यवसायीमा हुनुपर्छ ।

अब युवाहरू निराश होइन, आशावादी बन्नुपर्छ । आफूले गर्न खोजेका व्यवसायका बारेमा राम्ररी अध्ययन गर्नुहोस् । गहनरुपमा विश्लेषण गरेर अगाडि बढ्नुहोस् । व्यवसाय गर्ने सधैँ नाफामा हुन्छ भन्ने छैन । जिन्दगीमा २,४ या १० पटक फेल हुने अवस्था पनि आउँछ । त्यो बेला निराश हुनुहुँदैन ।

योजना बनाउनुहोस् । उद्यमशीलताको योजना अनुरूप आज लाखौँ सक्षम युवाहरू बिदेसिँदैछन् । विदेशमा गएर भाडा माझ्न, बाथरुम सफा गर्न हुने अनि आफ्नो देशमा काम गर्न नहुने भन्ने हुन्छ ? काम ठुलो या सानो हुँदैन । कुखुरा पालन, खेतीदेखि लिएर व्यवसाय क्षेत्रमा लाग्नुहोस् । आत्तिएर समस्याको समाधान हुँदैन । तपाई अगाडि बढ्न चाहने हो भने, कसैले रोक्न सक्दैन । अरूलाई दोष लगाउने की प्रगति गर्ने हो ? या त हरि ॐ गर्ने हो ? या कुनै बहाना बनाउने हो ? त्यो तपाईँकै हातमा छ । त्यसैले जाग्नुहोस् । निराश होइन की आशावादी बनेर अगाडि बढ्नुहोस् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्व रेकर्डका प्रतिविम्ब डा. उपाध्याय

सिर्जनाको इतिहासलाई नियाल्ने हो भने विश्व सिर्जनाको क्षितिजमा कैयाैँ सर्जकहरू ताराझैँ उदाउँछन् र कैयौँ अस्ताउँछन् । कति तारा गन्तव्यमा पुग्नुपूर्व आकाश गङ्गामा विलीन भएझैँ विलीन हुन्छन् त कति क्षणिक चम्किन्छन् र जति चाँडो झुल्किएका छन् त्यति नै चाँडो बिलाउँछन् र केही कालपछि विस्मृत बन्छन् । यो क्रम कालचक्रवत् चलिरहेछ र चलिरहनेछ सृष्टि पर्यन्त ।

प्रतिकृया दिनुहॊस