बालेनप्रति करिश्माको कटाक्ष- ५० हजार जरिवाना तिराएर पाँच लाखको विज्ञापन गरिदिनु भो

काठमाडौं । पोस्टर टाँसेर विज्ञापन गरेपछि ‘बगान’ फिल्मलाई काठमाडौं महानगरले ५० हजार तिराएको विषयमा अभिनेत्री करिश्मा मानन्धरले टिप्पणी गरेकी छन् । महानगरले ५० हजार रुपैयाँ जरिवाना तिराएर पाँच लाख बराबरको विज्ञापन गरिदिएको उनले टिप्पणी गरेकी छन् ।

आफ्नो फेसबुकमार्फत एक पोस्ट शेयर गर्दै उनले लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियो ! कसले भन्छ बालेनजी नेपाली सिनेमालाई माया गर्नु हुन्न भनेर ?’

भित्ता–भित्तामा पोस्टर टाँसेर शहरलाई कुरूप बनाएको भन्दै महानगरपालिकाले ‘बगान’ चलचित्रलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको थियो । दृश्य प्रदूषण हुने भन्दै महानगरले सार्वजनिक स्थान, भित्तामा जथाभाबी पोस्टर टाँस्न प्रतिबन्ध लगाएको छ । सरोज खनालद्वारा निर्देशित फिल्ममा करिश्मा मानन्धर, नीर शाह र प्रमिला कार्कीलगायत कलाकार छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रहेनन् लोक गायक एलपी जोशी

काठमाडौं । नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ …

प्रतिकृया दिनुहॊस