यौन दुर्व्यवहारका आरोपी मदन राई चार लाख धरौटीमा रिहा

काठमाडौं । यौन दुर्व्यवहारको आरोपका पक्राउ परेका कृषिविज्ञ मदन राई चार लाख धरौटीमा रिहा भएका छन् ।

छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा गएको वैशाख २९ गते पक्राउ परेका खोटाङका कृषिविज्ञ राई आज सोमवार पुर्पक्षका लागि चार लाख रुपैयाँ धरौटीमा छुटेको जिल्ला अदालत खोटाङका श्रेस्तेदार रामाकान्त यादवले जानकारी दिए ।

राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा रहेको शुभद्रा मदन (शुभम) फाउन्डेशनका संस्थापक/सञ्चालक हुन् । फाउन्डेशनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीया छात्राले राईले आफूलाई यौन दुर्व्यवहार गरेको उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा राई पक्राउ परेका थिए ।

जिल्ला न्यायाधीश सुभाषबाबु पुरीको एकल इजलासले मुद्दाको फैसला नभएसम्म पीडित छात्राको अन्तरिम संरक्षणका लागि फाउन्डेशनमा जान नपाउने गरी धरौटी तारेखमा रिहा गरेको हो ।

आरोपीविरुद्ध जेठ २१ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बाल यौन दुरुपयोगसम्बन्धी अभियोग पत्र दायर गरेको थियो । अभियोगपत्रमा राईलाई तीन वर्ष कैद र ७५ हजार रुपैयाँ जरिबाना माग गरिएको छ । राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क, (ग) (ङ) अन्तर्गतको कसुर गरेको आरोप छ ।

दोषी वा निर्दोष भन्ने टुंगो फैसलामा मात्रै हुनेछ । यसअघि प्रहरी र सरकारी वकिल कार्यालयले उनीसँग जेठ ३ गते बयान लिएका थिए । बयानका क्रममा उनले यौनजन्य गतिविधि गरेको स्वीकार गरेका छन् । तर यौन दुरुपयोगको नियतले नभई यौन शिक्षा दिने उदेश्यले त्यस्ता गतिविधि गरेको उनको बयान छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न सबै स्थानीय तहलाई परिपत्र (आदेशसहित)

काठमाडौं । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले …

प्रतिकृया दिनुहॊस