हजुरबुबाको मलामी गएका नातिलाई खोलाले बगायो

काठमाडौँ । ताप्लेजुङमा मलामी गएका एक जनालाई खोलाले बगाएको छ । मिक्वाखोला गाउँपालिका-१ खोक्लिङ केराबारीमा हजुरबुबाको मलामी गएका नाति २७ वर्षीय विजय लिम्बूलाई खोलाले बगाएको हो ।

घटना तीन दिनअघिको हो । मेवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए । विजय अझै भेटिएका छैनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले …

प्रतिकृया दिनुहॊस