हजुरबुबाको मलामी गएका नातिलाई खोलाले बगायो

काठमाडौँ । ताप्लेजुङमा मलामी गएका एक जनालाई खोलाले बगाएको छ । मिक्वाखोला गाउँपालिका-१ खोक्लिङ केराबारीमा हजुरबुबाको मलामी गएका नाति २७ वर्षीय विजय लिम्बूलाई खोलाले बगाएको हो ।

घटना तीन दिनअघिको हो । मेवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए । विजय अझै भेटिएका छैनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पहिरोले कान्ति लोकपथ अवरुद्ध

काठवर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा आज …

प्रतिकृया दिनुहॊस