‘मेरो डिजिटल देश’ अभियान : काठमाडौंमा सुन्दर घर उपहार (अन्तर्वार्ता)

  • इसेवा मनी ट्रान्सफरका सिईओ अजेस कोइरालासँगको कुराकानी

डिजिटल रेमिटेन्स भनेको के हो ? प्रष्ट पारिदिनुस् न  ?
साधारण तरिकाले भन्नुपर्दा डिजिटल रेमिटेन्स भनेको बैंक नभए वालेटमा पैसा पठाउनुलाई भनिन्छ । कुनै व्यक्तिले बैंक वा वालेटका माध्यमबाट पैसा पठाउँछ भने सरल भाषामा त्यही नै डिजिटल रेमिटेन्स हो ।

डिजिटल रेमिटेन्सको आवश्यकता बढ्दै गएको हो ?
पक्कैपनि यसको आवश्यकता दिनानुदिन बढ्दै गएको छ । आउने दिनहरूमा डिजिटल रेमिटेन्स वा बैंक वालेटमा cost लागत कम हुन्छ । लागत कम हुनु भनेको बचत हुनु हो । जसले पैसा पठाईरहनुभएको छ, उहाँहरूलाई पनि सहज हुन्छ । पाउनेले पनि value बढी पाउँछ । नेपालको सन्दर्भमा भन्नुपर्दा हाल रेमिटेन्स १० खर्ब छ । त्यसमा डिजिटल मात्रै गर्न सके वार्षिक १८ देखि २० अर्ब रुपैयाँ बचत हुन्छ । त्यो पैसा नेपालमै रहन्छ । जसका कारण नेपालीहरूको जीवनशैली सहज हुँदै जान्छ । आवश्यकतासँगै यसका फाइदाहरू पनि धेरै छन् ।

डिजिटल रेमिटेन्सका फाइदाहरू केके छन् ?
डिजिटल्ली कारोबार गर्दा पारदर्शी हुन्छ । कति पैसा पठाएको भनेर रेकर्ड हुन्छ । कसकसबाट पैसा आयो ? कसकसलाई पठाइयो ? यसका बारेमा विस्तृत जानकारी मिल्छ । बैंकका माध्यमबाट कारोबार गर्दा बैंकले कारोबार गर्नेलाई ऋण चाहिएमा सजिलै उपलब्ध गराउन सक्छ । आवश्यकता भएको समयमानै पैसा प्रयोग गर्न सकिन्छ । बचत गर्ने बानीको विकास हुन्छ । नगद कारोबार गर्दा जबाफदेहिता नहुन सक्छ । तर डिजिटल्ली कारोबारमा जबाफदेहिता र सहजता पनि धेरै हुन्छ । डिजिटल रेमिटेन्सका तमाम फाइदाहरू छन् ।

‘मेरो डिजिटल देश’ अभियान कम्पनीले चलाइरहेको छ, यसका बारेमा जानकारी गराइदिनुस् न ?
‘मेरो डिजिटल देश’ भन्ने अभियान हामीले चलाइरहेका छौँ । यसको महत्त्व अधिक रहेको यसमा समावेश शब्दहरूबाट नै प्रष्ट हुन्छ । विगत ६ महिनादेखि यो अभियान चलाइरहेका छौँ । यसमा विदेशबाट बैंक वा वालेटका माध्यमबाट पैसा पठाइरहेकाहरूलाई प्रेरणा मिलोस् भनेर काठमाडौंमा चिटिक्कको घर दिने योजना समावेश गरेका छौँ । डिजिटल रेमिटेन्सका बारे आम सर्वसाधारणलाई प्रष्टरुपमा बुझाउनका लागि पनि यसले सहयोग गरेको छ । हामी नेपाली सबैको सपना भनेको काठमाडौंमा एउटा घर होस् भन्ने हुन्छ । ६ महिनाको अवधिमा विदेशमा रहेका नेपालीले बैंक वा वालेटका माध्यमबाट रेमिटेन्स पठाएका व्यक्तिहरूको रेकर्ड अनुसार प्रत्यक्षरुपमा गोलाप्रथाबाट १ जनालाई काठमाडौंमा सुन्दर घर प्रदान गर्ने योजना छ । यसका साथै कम्पनीका ब्राण्ड एम्बेस्डर नायिका स्वस्तिमा खड्का विभिन्न व्यक्तिका घरमा पुग्नुहुन्छ । घरमा गएर पुरस्कार पनि प्रदान गर्नुहुन्छ । रेमिटेन्स पठाइरहेका व्यक्तिका परिवारसँग बसेर उहाँहरूका समस्या के के छन् ? भनेर पनि बुझ्नुहुन्छ । परिवारमा बालबालिकालाई अध्ययन गर्न पैसाका कारण समस्या भए छात्रवृत्ति पनि प्रदान गर्दै आएका छौँ । यी बाहेकका समस्याहरू पनि सम्बोधन गर्दै सहयोग पुर्‍याइरहेका छौँ ।

डिजिटल रेमिटेन्सले सजिलो त बनाएको छ, यो सँगै जोखिम पनि छ नि हैन ?
कुनैपनि डिजिटल कारोबारमा सहजतासँगै जोखिम पनि हुन्छ । तर हामीले सुरक्षालाई पहिलो प्राथमिकतामा राखेका छौँ । एफवान सफ्ट फिनटेक कम्पनी भएकाले हाम्रो कारोबार मनिटरिङ हुन्छ । कारोबार प्रक्रिया सुरु भएदेखि ग्राहकलाई सन्देश पठाउने र सुरक्षाका सम्पूर्ण कदमहरू होसियारीपूर्वक सम्पन्न गर्छौँ । इसेवाको सिस्टम कोर बैङ्किङसँग संलग्न छ । हाम्रा दाजुभाइ तथा दिदीबहिनीले बडो दुःख गरेर कमाएको पैसाको मूल्यको हामी कदर गर्दै पूर्णतया सुरक्षित कारोबार गर्दै आएका छौँ ।

अन्यभन्दा इसेवा मनी ट्रान्सफर कुन हिसाबमा फरक छ ?
इसेवा अन्य रेमिटेन्स कम्पनीभन्दा पक्कैपनि फरक छ । संसारभरीबाट ३ मिनेटभन्दा कम समयमा कारोबार गर्छौँ । कारोबारमा ग्राहकलाई कुनैपनि प्रकारको झन्झट नहोस् भनेर हामी सचेत छौँ । नेपालीले दुःख गरेर कमाएको पैसा उनीहरूको परिवारसम्म सुरक्षित तरीकाले पुर्‍याउनका लागि सुरक्षाका सम्पूर्ण उपाय अपनाएका छौँ ।

कोभिड डिजिटल कारोबारका लागि वरदानै साबित भयो हैन ?
नेपालमा हाल ४० भन्दा बढी रेमिटेन्स कम्पनीहरू सञ्चालनमा छन् । डिजिटल कारोबारले लागत घटाउँछ । समयको सदुपयोग हुन्छ । नगदमा कारोबार गरिरहेका नेपालीहरू तत्काल नभएपनि भविष्यमा पूर्णरुपमा डिजिटल कारोबारमा समावेश हुनेछन् । हामीकहाँ ८० प्रतिशत नगद र २० प्रतिशत डिजिटल कारोबार थियो । अहिले डिजिटलमा सङ्ख्या ह्वात्तै बढेको छ । इसेवामा हाल ८५ प्रतिशत डिजिटल र १५ प्रतिशत नगद कारोबार भइरहेको छ । कोभिडपछि डिजिटल कारोबार गर्नेहरूको सङ्ख्या बढेको छ । बाँकी रहेका १५ प्रतिशतलाई पनि डिजिटल्ली बनाउने हाम्रो प्रयास छ ।

  • नवीन सन्देशबाट 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

प्रतिकृया दिनुहॊस