काठमाडौं । चैत २ देखि सुरु भएको छैटौं नेपाल अन्तर्राष्टिय चलचित्र महोत्सव (निफ)को तेस्रो दिन शनिबार ‘हेर्दा हेर्दै कहाँ पुगियो’ विषयक सेसन सम्पन्न भयो । भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा सम्पन्न उक्त सेसनका प्रमुख वक्ताहरुमा चलचित्र निर्माता तथा प्रदर्शक अशोक शर्मा, अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक सुजित बिडारी थिए । नेपाली फिल्म पहिला र अहिले विषयक छलफलमा दर्शकको सोचलाई केन्द्रमा राखेर डेढ घण्टासम्म सेसन चलेको थियो । सेसनको संयोजन मुभी लभर्सले गरेको थियो ।
सेसनमा कस्ले के भने ?
अशोक शर्मा, निर्माता
– पहिला थोरै फिल्म बन्थे । त्यसबेला कोही स्टार पनि थिएन । अहिले धेरै फिल्म बन्छन् र स्टार पनि धेरै छन् । त्यसकारण सायद दर्शकले पनि स्टारहरुको अपेक्षा गर्छन् ।
– पहिला आफ्नो प्रतिभा देखाउन फिल्म खेल्नु पर्थो । टेलिफिल्म खेल्नु पर्थो । अहिले आफ्नै फोनका माध्यमबाट आफ्नो प्रतिभा संसारकालागि रिलिज गर्न पाईन्छ । जस्तो टिकटक ।
– पहिला दर्शक र स्टारहरुको भेट फिल्म चलेको ५१ दिने कार्यक्रमहरुमा मात्र हुन्थ्यो । अहिले दर्शकले स्टारलाई भेटिरहन पाए हुन्थ्यो भन्छ । कुनै न कुनै माध्यमले सम्पर्क गर्छ ।
– स्टार भनेको धेरै हलुका हुनुहुँदैन । त्यसकारण दर्शकसँग प्रत्यक्ष सम्पर्कमा धेरै रहनु हुँदैन ।
– हिजो जे जस्ता फिल्म बनेपनि अव भने हामीले हाम्रा लोकल स्टोरीलाई नै ग्लोबलमा पुर्याउने उद्धेश्य राख्नु पर्छ ।
स्वस्तिमा खड्का, अभिनेत्री
–पहिला सबैकुरामा अपसन कम थियो । अहिले अपसन धेरै छ । आफ्नो कुरा भन्नकालागि मुभी नै खेल्नु पर्छ भन्ने छैन ।
–अहिले ३ सय मुभी एउटै खाले बन्छन् । र, त्यही बीचमा एउटा फरक खाले फिल्म आउँछ । त्यसकारण दर्शकलाई बानी बनाउन अफ्टेरो परेको हो । तर, क्रिएटिभ फिल्मलाई दर्शकले माया गर्छन् नै ।
–नेपाली फिल्मका दर्शक कम छन् भन्ने कुरा म मान्दिन । हलमा कम भएपनि युट्युवमा प्रसस्तै भिवर्श छन् । हलमा असफल भएका फिल्मको पनि मिलियन दर्शक पुगेको देखिन्छ । दर्शक थिएनन् भने यस्तो हुन्न थियो ।
–पहिला सिनेमा हल किफायती थिए । अहिले फिल्म हल महंगा छन् । त्यसकारण युट्युव रिलिज पर्खिनु पर्ने अवस्थामा दर्शक पुगेको देखिन्छ ।
–फिल्म मेकरको भन्दा दर्शकको स्तर बढेको जस्तो मलाई लाग्छ । त्यही कारण धेरै फिल्म असफल हुने गरेका छन् । कोरियन फिल्मको कपी गरेको कुरा दर्शकलाई लुकाउन सकिदैन । किनभने उनीहरुले मेकरसँगै त्यो फिल्म हेरिसकेको हुन्छ ।
–हामीले हाम्रो फिल्मलाई ग्लोबलमा पुर्याउने हो भने हाम्रै लोकल कथालाई टिप्नु पर्छ ।
सुजित बिडारी, निर्देशक
–फिल्मको क्रेज कहिल्यै घट्दैन जस्तो लाग्छ मलाई । आफ्नै आँखा अगाडि फरक पात्र, जीवन र समाज देख्न पाईने हुनाले मान्छेमा क्रेज रहेको हो । र, रहिरहन्छ पनि । अनि सिनेमा हलको पनि क्रेज सकिदैन । किनभने मोवाइल फोन र ल्यापटपले हलको मज्जा दिन सक्दैनन् ।
– नेपाली फिल्म हेरेर मैले सिकेको कुरा चाहिँ हल्ला गरेर फिल्म हेर्न हो । त्यसवाहेक कमै कुरा सिकेको छु ।
– फेन्टासी हेर्ने नेपाली दर्शक छन् होला । तर उनीहरु दिपिका पादुकोणको बिकिनी सिन हेर्न लजाउँदैनन् । तर, प्रियंकाको बिकिनीलाई भल्गर देख्छन् ।
– मेकरले आफ्नो रुट बनाउनु पर्छ । रुट बनाउन सकिएन भने कहिँ पुग्न सकिदैन ।
प्रतिकृया दिनुहॊस