नबिल बैंकका ग्राहकले सीजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान किन्दा छुट पाउने

काठमाडाैं । नबिल बैंक लिमिटेडले सीजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुटका योजना ल्याएको छ।आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्नको लागि सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको हो।

अब नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामाग्री खरिदमा २० प्रतिशत अग्रिम छुट पाउने भएका छन्। डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ। डिजिटल कारोबारमा छुटको व्यवस्थाले नबिल बैंकका ग्राहकलाई थप सहज हुने बैंकका खुद्रा कारोबार प्रमुख निरज शर्माले बताए।

यस्तो सुविधा लिनको लागि नबिल बैंकको कार्ड आवश्यक पर्नेछ। यो सुविधा सीमित अवधिको लागि दिएको नबिलले जनाएको छ। नबिल बैंकका देशभर २ सय ४० शाखा र २ सय ८० एटिएम सञ्जाल छन्। नबिल बैंक नयाँ प्रविधि अपनाउने र नवीनतम उत्पादन तथा सेवाहरू लिएको छ। बैंकले देशको पहिलो डिजिटल बैंक बन्ने लक्ष्य लिएको छ र नबिल डिजीटल बैंकिङ कारोबारलाई प्राथमिकता दिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस