आत्मदाह गरेका प्रेम आचार्यले उठाएका विषयबारे अध्ययन गर्ने सरकारको निर्णय

काठमाडौं । संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरूको सरकारले अध्ययन गरेर छानबिन गर्ने भएको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यको आत्मदाह र उनले उठाएको विषयमा अध्ययन गरेर छानबिन गर्ने निर्णय गरेको हो ।

छानबिनको जिम्मा गृह मन्त्रालयलाई दिइएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका छन् । गृह मन्त्रालयले छानबिन गरेर आवश्यक कदम चाल्ने उनले बताए । छानबिनबाट आएका निष्कर्षमाथि आवश्यक कारबाही सुरु गरिने मन्त्री लामिछानेको भनाई छ ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाउने इलामका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको थियो । आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले तत्काल उद्धार गरी कीर्तिपुरस्थित अस्पताल पुर्‍याएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री