आइएमई जनरल इन्स्योरेन्सले प्रस्ताव गर्‍यो लाभांश, बोनस कति ?

काठमाडाैं । आइएमई जनरल इन्स्योन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश गरी कुल ६.८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजार ४२० रुपैयाँ रहेको छ। सोही बोनसको आधारमा कम्पनीले लाभांश दिन लागेको हो । गत वर्ष कम्पनीले ७ प्रतिशत बोनस सेयर तथा ०.३७ प्रतिशत नगद लाभांश दिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस