समानुपातिकमा एमाले पहिलो, कुन दलले कति मत पाए ?

काठमाडौं – समानुपातिकतर्फ नेकपा एमाले शीर्ष स्थानमा रहेको छ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार एमालेले समानुपातिकमा अहिलेसम्म ७५ हजार २३३ मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै नेपाली कांग्रेसले ६४ हजार ७११ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ । पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ अहिलेसम्म ३२ हजार ९८० मत प्राप्त गरेर तेस्रो स्थानमा छ ।

नेकपा माओवादी केन्द्रले २९ हजार ५६६ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ । राप्रपाले समानुपातिक तर्फ अहिलेसम्म १९ हजार ९ मत प्राप्त गरेको छ भने जसपाले ५५२१ मत प्राप्त गरेको छ । जनमत पार्टीले ५४५१, नेपाल मजदुर किसान पार्टीले ४४३२, नागरिक उन्मुक्ति पार्टीले ३५३८, एकीकृत समाजवादी पार्टीले ३३९९ मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी गराएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग संवाद गर्दै सभामुख

काठमाडौं । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका छन् । …

प्रतिकृया दिनुहॊस