विश्वकपमा ईङल्याण्डको शानदार शुरुवात, इरानलाई ६-२ ले हरायो

काठमाडौं । इंग्ल्यान्डले विश्वकप फुटबलमा शानदार शुरुवात गरेको छ । सोमबार सम्पन्न समुह बि अन्तर्गतको खेलमा इरानलाई ६-२ गोल अन्तरले पराजित गर्दै विश्वकपमा उत्कृष्ट शुरुवात गरेको हो ।

इंग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे भने जुड बेलिंघम, रहिम स्टरलिङ, मार्कस राशफोर्ड र ज्याक ग्रीलिशले एक एक गोल गरेका थिए । त्यस्तै इरानका मेहदी टेरेमीले एक गोल गरेका थिए ।

इंग्ल्यान्डले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो भने दोस्रो हाफमा २ गोल थपेको थियो । त्यस्तै इरानले पनि दोस्रो हाफमा एक गोल हानेको थियो । खेलको ३५औँ मिनेटमा जुड बेलिंघमले गोल गरेका हुन् । १९ बर्षिय बेलिंघम जर्मनी क्लब डोर्टमण्डबाट व्यावसायिक फुटबल खेल्ने गर्दछन् ।

त्यस्तै दोस्रो गोल इंग्ल्यान्डका आर्सनलबाट खेल्ने बुकायो साकाले खेलको ४३औं मिनेटमा र स्टरलिंगले खेलको ४६औं मिनेटमा गोल गरेका हुन् । त्यस्तै साकाले आफ्नो दोस्रो गोल खेलको ६२औं मिनेटमा गरेका थिए भने राशफोर्डले ७१औं मिनेटमा गोल गरेका थिए । त्यस्तै खेलको ९०औं मिनेटमा ज्याक ग्रीलिशले ईङल्याण्डका लागि छैटौं गोल गरेका थिए ।

त्यसैगरी इरानका लागि मेहदीले भने खेलको ६५औं मिनेटमा गोल गरेका थिए भने दोस्रो गोल खेलको ९० मिनेटपछिको अतिरिक्त समयमा पेनाल्टीमार्फत मेहदीले नै गरेका थिए । यो जितपछि इंग्ल्यान्डले समूह बि मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस